Sorry, that menu does not exist.
 

बोवाङ स्थित प्रशिद्ध रुद्रतालको सरसफाई एवं मन्दिरमा रंगरोगन कार्य सम्पन्न !(तस्बीर)

ढोरपाटन २०७५ मंसिर २६ । ढोरपाटन नगरपालिका साबिक बोवाङ गाविसमा रहेको प्रशिद्ध रुद्रतालको आज सरसफाई रंगरोगन गरिएको छ ।

ढोरपाटन स्थित नेपाली सेनाको हनुमानध्वज गुल्मका गुल्मपति सेनानी रविजंग खड्को नेतृत्वमा गएको सेनाको टोली, ढोरपाटन शिकार आरक्षका कर्मचारी, स्थानीय ज्योतिविकास आधारभूत विद्यालयका शिक्षक विद्यार्थीहरु तथा स्थानीय गर्पाखोला आमासमूहको सहभागितामा प्रशिद्ध रुद्रताल र वरपर सरसफाई गरिएको हो ।

दुई वर्ष पहिले हनुमान ध्वज गुल्मले निर्माण गरेको शिव मन्दिरको सरसफाई एवं मन्दिरको रंगरोगन गरिएको सहकर्मी ईन्द्र शाहीले ईबागलुङलाई जानकारी दिए ।
प्रशिद्ध रुद्रताल बडीगाडको मुहान भएकोले बडीगाड खोलालाई रुद्रावती नदीको नामले पुकारिन्छ ।

पछिल्लो समय ढोरपाटन सम्म मोटरबाटो निर्माण भएपछी रुद्रताल अवलोकन गर्ने र पूजा अर्चना गर्ने श्रद्धालुहरुको संख्या निकै बढेको छ । रुद्रताल धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएकोले यसको संरक्षण र उचित व्यवस्थापनप्रति सरोकारवाला निकायहरुको ध्यानाकर्षण हुन स्थानीयले माग गरेका छन् ।

यो पनि पढौँ
साताको तस्वीर : ओझेलमा रुद्रताल !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply