तनहुँ, २०७५ मंसिर २८ । समाजमा जनचेतना फैलाउने एवं नागरिकहरु लाई सशक्त बनाउने उद्देश्यले ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौली शाखाको अयोजनमा सात दिवसीय राजयोग शिविर कार्यक्रम व्यास ११ पोलेङमा आज सम्पन्न भयो ।
सो शिविरमा स्वास्थ्य, सकारात्मक सोच, सात्विक जीवनशैली, आध्यात्मिक चिन्तन, योग आदि विषयहरुमा प्रशिक्षकहरु ब्रह्माकुमारी यमुना, ब्रह्माकुमारी रेश्मा, ब्रह्माकुमार राजु खड्काले प्रशिक्षण दिँदै मानव जीवनलाई सार्थक बनाउनको लागि सदैव सकारात्मक सोच र असल कर्महरु गदै जानु पर्ने र त्यसका लागि नित्य आध्यात्मिक चिन्तन योग साधना गर्नु पर्ने बताए । समाजमा बढदै गईरहेको मानसिक समस्याहरुलाई पनि कम गर्न सहयोग पुराउने प्रशिक्षकहरुको भनााई थियो ।
प्रशिक्षणको अनुभव व्यक्त गर्दै काजि बाबु पन्त, भगवती पन्त, रामु पन्तले प्रशिक्षणबाट धेरै जीवन उपयोगि सिपहरु सिकेको बताए । यस प्रकारका प्रशिक्षण यस टोलमा पनि निरन्तर संचालको लागि माग पनि गरे ।
शिविरमा महिला, पुरुष, युवा आदि गरी ७५ जनाको सहभागिता रहेको थियो ।