Sorry, that menu does not exist.
 

रिर्डस कपको उपाधी आदर्श विद्या आश्रमले हात पा-यो !

कौरव खत्री, गुल्मी, २०७५ पुस ३ । गुल्मीको सदरमुकाम तम्घासमा जारी “रिडर्स कप” फुटवलको उपाधी आदर्श विद्या आश्रमले हात पारेको छ ।

गुल्मीको सदरमुकाम तम्घासमा रहेको रिडर्स पब्लिक हाईस्कुलले आफ्नो २५ औं वार्षिकोत्सव तथा रजत महोत्सवको अवसर पारेर अन्तर माध्यामिक विद्यालय नगर स्तरीय छात्रा फुटवल प्रतियोगिता सञ्चालन गरेको थियो ।

उक्क्त फुटवल प्रतियोगिता फाइनल खेलमा सिद्धबाबा माध्यमिक विद्यालयलाई ४–० को अन्तरले पराजित गर्दै आदर्श विद्या आश्रम तम्घास गुल्मीले“रिडर्स कप” फुटलको उपाधी आफ्नो पोल्टामा हात पारेको हो ।

फुटवल खेलमा आदर्श विद्या आश्रमको तर्फबाट छात्रा विद्याथी मनिषा सेनले आफ्नो राम्रो खेल प्रस्तुत गरेकी थिईन । उनलाई खेल अवधिभर उनले व्यक्तिगत रुपमा ९ गोल गरेकी थिइन । उनलाई खेल अवधि भरकै सर्वाधिक गोलकर्ताको रुपमा एवं उत्कृष्ट खेलाडीको रुपमा सम्मान समेत गरिएको थियो ।

त्यस्तै फुटवल खेलाडी सेनको उत्कृष्ट खेल देखेर विभिन्न व्यक्तिहरुले हौसलाको लागि नगद पुरस्कार समेत प्रदान गरेका थिए ।

फुटवल प्रतियोगिताको अवधिभर कुनै पनि गोल नखाएको आदर्श आदर्श विद्या आश्रमकै निर्मला पछाई उत्कृष्ट गोलरक्षकको रूपमा सम्मानित भएकी थिइन् ।

“रिडर्स कप” फुटवल खेलमा विजेता को रुपमा आदर्श विद्या आश्रमले नगद रु. ८ हजार,ट्रफी, मेडल र प्रमाण पत्र सहित प्रथम पुरस्कार हात पारेको छ । भने उपविजेताको रुपमा सिद्धबाबा माध्यमिक विद्यालयले नगद रु ५ हजार,ट्रफी, मेडल र प्रमाण पत्र सहित पुरस्कार हात पारेको छ ।

गत मंसिर २९ गते देखि सुरु भएको “रिडर्स कप” फुटवल प्रतियोगितामा नगरपालिका भित्रका उपल्लो तम्घास माध्यमिक विद्यालय, अर्जुन आवासीय माध्यमिक विद्यालय, महेन्द्र नमुना माध्यमिक विद्यालय, व्रिलियन्ट युनाईटेड एकेडेमी, गण्डकी इङ्लिस वोर्डिङ्ग स्कुल, सिद्धबाबा माध्यमिक विद्यालय, बुद्ध माध्यमिक विद्यालय अर्खले, आदर्श विद्या आश्रम र आयोजक रिडर्स हाई स्कुल गरि जम्मा ९ समूहको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply