घनश्याम गौतम, गल्कोट २०७५ पुस ३ । खाद्य स्वच्छता समुह हटियाको गठन खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको आयोजनामा वडा स्तरिय खाद्य स्वच्छता समुह गठन तथा परिचालन सम्बन्धि २ दिने तालिम गल्कोट नगरपालिका वाड नम्बर ३ हटियामा सम्पन्न भएको छ ।
तालिमको समापनको अवसरमा वडा स्तरिय खाद्य स्वच्छता समुह गठन गरिएको छ । वडा नम्बर ३ का अध्यक्ष वीरजङ भण्डारीको अध्यक्षतामा गठित १३ सदस्यीय समितिको सदस्यहरुमा झहर बहादु्र खत्री, रत्नकलि अधिकारी, सन्त बहादुर भण्डारी, मन बहादुर खत्री, कौशिला घर्ति मगर, दिनेश श्रेष्ठ, घनश्याम गौतम, ढालिन्द्रप्रसाद गौतम, मञ्जु शर्मा चालिसे, राजेन्द्र श्रेष्ठ, केयरसिह खत्री र टेक बहादुर ठाडा रहेका छन् ।
तालिमको अवसरमो हटियाबजारमा खाद्य पसल तथा उद्योगहरुमा अनुगमन समेत गरिएको छ । खाद्य प्रबृधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा भएको अनुगमनमा २० ओटा खाद्य उद्योग, पसल , होटल, रेष्टुरेष्ट, मासुपसल आदिमा अनुगमनमा म्याद सकिएका ५ केजी रंगिन झिनुवा, केहि दालमोद, कोक फेन्टा, भिजिटेवल ससहरु जफत गरि नष्ट गरिएको छ ।
कार्यक्रम संस्थाका निमित्त कार्यालय प्रमुख केदार पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडा सदस्यहरु, खाद्य उद्योगीहरु, खाद्य व्यवसायीहरु(होलसेलर), उद्योग बाणिज्य सघ गल्कोट ईकाईका प्रतिनिधी, खाद्य व्यवसायीहरु(किराना पसल), उपभोक्ता संघ, संगठनका प्रतिनिधिहरु सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।