कौरव खत्री, गुल्मी २०७५ पुस ३ । गुल्मीको सरस्वती माध्यमिक विद्यालयमा सन्चालन भइरहेको हिरक महोत्सव मार्फत विद्यालयको लागि राम्रो आर्थिक सहयोग जुटेको छ ।
सत्यवती गाँउपालिका वडा नं. ४ लिम्घामा रहेको सरस्वती माध्यमिक विद्यालयको लागि विभिन्न व्यक्तिहरुबाट महोत्सवको अवधिभर सम्म १ करोड नगद, ५ लाखको भूमिदान तथा ५ लाखको जिन्सी सहित गरि कुल १ करोड, १० लाख आर्थिक संकलन भएको महोत्सवका प्रचार प्रसार संयोजक प्रकाश भटट्राईले जानकारी दिए । विद्यालयले गत मंसिर २२ देखि सञ्चालन भएको हिरक महोत्सव पुस १ गते महोत्सवको समापन गरिएको थियो ।
श्री सरस्वति माध्यमिक विद्यालयको सर्वाङ्गीण विकासार्थ श्री सरस्वती धार्मिक तथा शैक्षिक एतिहासिक हिरक महोत्सव २०७५ भन्ने मुल नारा सहित विद्यालयले हिरक महोत्सव सञ्चालन गरेको थियो ।
विद्यालयलाई सर्वाङ्गीण विकासार्थको लागि र शैक्षिक गुणस्तर कायम गराउने उद्देश्य अनुरुप हिरक महोत्सव मार्फत श्रीमद्भागवत ज्ञान महायज्ञको बाल योगेश्वर महाराजले प्रमुख बाचन गरेका थिए ।