Sorry, that menu does not exist.
 

लैंगिक हिँशा न्यूनिकरणमा उत्कृष्ट योगदान पु-याउने तीन जना महिला सम्मानित !

बागलुङ २०७५ पुस ४ । अस्पतालमा आधारित लैंगिक हिँशा सम्वन्धी एकव्दार संकट व्यवस्थापन केन्द्र (One step Crisis Management Centre, OCMC) ले आज एक कार्यक्रमकाबीच लैँगिक हिँशा न्यूनिकरणमा उल्लेखनीय योगदान पुयाउने तीन जनालाई सम्मानित गरेको छ ।

आज बिहान धौलागिरी अन्चल अस्पतालमा प्रमुख जिल्ला अधिकारी एवं एकव्दार संकट व्यवस्थापन केन्द्रका अध्यक्ष बेदप्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकले तीन जनालाई सम्मानित गर्ने निर्णय गरेको थियो ।

सो बैठकमा केन्द्रको यस वर्षको कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्ने सन्दर्भमा बिस्तृत छलफल भएको थियो ।

एकव्दार संकट व्यवस्थापन केन्द्र (OCMC)मा रहेर लैंगिक हिँशा न्यूनिकरणमा उत्कृष्ट योगदान पुयाउने केन्द्रकी सम्पर्क व्यक्ति देवी भट्टराई, जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत प्रसनि अनु राई तथा लैंगिक हिँशा न्यूनीकरण क्षेत्रकी अभियन्ता शर्मिला थापालाई फुलमाला र खादा ओढाई सम्मान पत्र र करुवा उपहार दिई सम्मानित गरेको थियो ।

कार्यक्रममा प्रजिअ खरेलले सम्मानित तीनै जनालाई दोसल्ला र सम्मान पत्र दिँदै निरन्तर सेवामा खट्न आग्रह गरेका थिए ।

कार्यक्रममा केन्द्रका सदस्य धौलागिरी अन्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगर, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सागर राजभण्डारी, प्रहरी उपरीक्षक दीपक रेग्मी, शिक्षा समन्वय ईकाईका प्रमुख कुस्मराज उपाध्याय ओसीएमसीका पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो ।

जिल्लामा लैँगिक हिँशा न्ँयुनिकरण गर्ने तथा लैँगिक हिँशा पीडितलाई व्यवस्थापन गर्न २०६८ सालमा स्थापना भएको एकव्दार संकट व्यवस्थापन केन्द्र (OCMC)बाट तीन जनालाई पहिलो पटक सम्मानित गरिएको केन्द्रले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply