कोपिला कंडेल, बागलुङ बिहुँ २०७५ पुस ४ । काठेखोला गाउंपालिका ६ स्थित भिमसेन माबिको ३८ औ बार्षिकोत्सव एक समारोहका बिच बिबिध ४ दिने कार्यक्रमका साथ सम्पन्न भएको छ ।
बार्षिकोत्सव मुल समारोहको उद्घाटन गर्दै काठेखोला गाउंपालिकाका अध्यक्ष अमर थापाले बिद्यालयको शैक्षिक उन्नती प्रगतिका लागि शिक्षक अभिभावक बिद्यार्थी सबै जिम्मेवार बन्नुपर्ने बताए । उनले गुणस्तरीय शिक्षाका लागि गाउंपालिकाको तर्फबाट सक्दो प्रयत्न गर्ने बताए ।
सो अवसरमा वडा नम्वर ६ का अध्यक्ष युक्त प्रसाद कंडेल ७ का अध्यक्ष प्रेम लामिछाने, पुर्ब ब्यवस्थापन समतिका अध्यक्ष भिम बहादुर खड्का नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष जब्बर बहादुर लामिछाने, पुर्ब शिक्षक शिवलाल कंडेल, अभिभावक तरुणध्वज मल्ल प्रेम कार्की महिला प्रतिनिधी दुर्गा कार्की बिद्यार्थी रबिना कंडेल गणेश खत्री लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
सो अवसरमा बिद्यालयमा स्थापित बिभिन्न अक्षयकोष द्धारा ४ जनालाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेमा जगुपति कडेल स्मृति अक्षयकोषबाट शिक्षक नारायण प्रसाद कडेल, कडेल नरिस्वर गम्भीरा अक्षय कोषबाट धारा माबि तंग्रामका शिक्षक नर बहादुर पच्या, अभिभावक हिरा कुवर र जित बहादुर अक्षरुपी स्मृति अक्षयकोष बाट लेखानी प्राबिका प्रधानाध्यापक भिम प्रसाद कडेल र भिमसेन माबिका पुर्ब बिब्यस अध्यक्ष जब्बर बहादुर लामिछाने लगायतलाई सम्मान गरिएको बिद्यालयले जनाएको छ ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक रघुनाथ कंडेलले बिद्यालयको शैक्षिक गतिबिधी आय ब्यय एबं प्रगति प्रतिबेदन प्रस्त्त गरेका थिए । ४ दिन सम्म संचालित बिभिन्न खेलकुद हाजिर जवाफ बक्तृत्वकला लगायतका प्रतियोगिता र उत्कृष्ट अंक ल्याउने एबं जेहेन्दार बिद्यार्थीलाई समेत पुरस्कृत गरिएको प्रधानाध्यापक कडेलले जानकारी दिए । कार्यक्रम बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षता, शिक्षक बालाकृष्ण कंडेलको स्वागत मन्तब्य र नारायण कंडेलको संचालनमा सम्पन्न भएको थियो ।