कर संकलन रोक्ने बिषयमा आफ्नो आधिकारीकता नरहेको नेपाली कांग्रेसको प्रष्टोक्ती
घनश्याम गौतम,गल्कोट २०७५ पुस १० । गल्कोट नगरपालिकाले सम्पती तथा भुमिकर संकलन अबैज्ञानिक भएको भन्दै गल्कोटमा क्रियाशील ३ राजनैतिक दलले कर संकलनलाई रोक लगाउने निकर्ष निकालेको केही समयमै नेपालीका कांगेसले छलफलमा औपचारिक रुपमा सहभागिता नजनाएको भन्दै ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेस गल्कोट नगर समितिका सह–सयोजक ढालेन्द्र प्रसाद गौतमले सामाजिक सञ्जाल मार्फत आफ्नो पार्टीले गल्कोट नगरपालिकाकाले गरेको कर संकलन कार्यलाई रोक्ने बिषयमा कुनै निकर्ष ननिकालेको जनाकारी दिएका छन् ।
सञ्जालमा भनिएको छ, समाचार पार्टी र पार्टीका केही नेताको नाम जोडेर कर संकलन कार्य रोक्ने भन्ने कुरा झुठो भएको र त्यो बिषयमा कुनै पनि निर्णय नभएको सर्बसाधरण जनसमुदायमा जानकारी गराउदछौ । कर संकलन कार्य यथावत रुपमा संचालन हुने समेत जानकारी गराईन्छ । गल्कोट नगरपालिकाको कार्यपालिकामा सबै राजनैतिक दलको प्रतिनिधित्व भएको र कार्यपालिकाले सर्बसम्मत रुपमा निर्णय गरि नगरसभामा पेश गरि नगरसभा द्वारा सर्बसम्मत रुपमा पारित भए बमोजिम कर संकलन भैरहेको हुदाँ उक्त बिषयमा नेपाली कांग्रेसले कर संकलन रोक्ने निकर्षमा नरहेको उल्लेख छ ।
सञ्जालमा कर संकलनको दौरानमा कहि केही कमीकमजोरी भएको भए वा भएको देखिएमा, करदाताहरुले आफ्नो कर सम्बन्धी विवरण भर्दा जानेर वा अन्जानमा भुलबस गल्ती भएको खण्डमा प्रमाण जुट्ने गल्ती भेटिएमा त्यो त्यस्ता गल्तिहरुलाई नगरपालिकाले सुधार गर्दै जाने समेत उल्लेख गरिएको छ । कर र करको दायरा र यस्मा देखिएका केही दुबिधाहरुको बारेमा नेपाली काङ्ग्रेस पार्टीले आफ्नो धारणा पार्टी भित्र छलफल समेत गरि सार्बजनिक गर्ने जानकारी गराउदै, केही राजनैतिक दलहरुले गरेको हल्लाको पछि नलाग्न नेपाली कांग्रेसले आग्रह गरेको नेपालीका काग्रेस गल्कोट नगर सयोजक नारायणध्वज मल्ल्ले आग्रह गरेका छन् ।