Sorry, that menu does not exist.
 

तीन दिवसीय कार्यक्रम सहित खड्क देवी मावि तुन्डाडाको वार्षिकोत्सव सम्पन्न !

कमल पौडेल , बडीगाड बागलुङ २०७५ पुस ११ । खड्क देवी माध्यमिक विद्यालय बडीगाड गाउँपालिका वडा नं. १ तुन्डाडाकोे ५८ औं वार्षिकोत्सव विविध कार्यक्रम सहित सम्पन्न भएको छ ।

तीन दिवसीयस वार्षिकोत्सव कार्यक्रमको समापन गर्दै बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले गुणस्तरीय शिक्षाको लागि शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध हुनुपर्ने वताए । राज्यको शिक्षा क्षेत्रमा ठूलो लगानी भएपनि उचित प्रतिफल प्राप्त नभएको भन्दै सवैलाई आफ्नो जिम्मेवारी सहि किसिमले वहन गर्न पाईजाको आग्रह थियो ।

कार्यक्रममा वडा नं. १ का अध्यक्ष वोम वहादुर थापा, स्रोत व्यक्ति चिरन्जीवी पौडेल, कार्यपालिका सदस्य सोमन्ता सलामी, केदार नेपाली, वडा सदस्यहरु नरेन्द्र घर्ति, अनिल गिरि, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेम वहादुर भुजेल, नेपाली काग्रेसका प्रेमलाल पोखरेल, त्रिभुवन माविका शिक्षक प्रेम खरेल, युवा नेता दिनेश थापा, दगातुन्डाडा स्वास्थ्य चौकीका प्रमुख यान वहादुर श्रेष्ठ लगाएतले मन्तव्य राखेका थिए ।

विद्यालयको भावि कार्यक्रम सहितको आर्थिक तथा प्रगति प्रतिवेदन प्रधानाध्यापक वेद प्रसाद पोखरेलले प्रस्तुत गरेका थिए ।

विहान प्रभातफेरीवाट सुरुभएको कार्यक्रममा सरस्वती पुजा, पिटि प्रदर्शन, अभिभावकहरुको कुर्सी दौड प्रतियोगिता, अन्तर सदनात्मक मावि स्तरीय रेकर्ड नृत्य प्रतियोगीता लगाएतका कार्यक्रमहरु सम्पन्न भएका छन् ।

कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष भिमसेन वनको अध्यक्षता, सहायक प्रधानाध्यापक ऋषिराम भण्डारी तथा विद्यार्थी हिमाल परियारको स्वागत मन्तव्य तथा शिक्षक कमल खरेलको संचालनमा सम्पन्न भएको थियो ।

खड्क देवी मावि तुन्डाडाको वार्षिकोत्सव सुरु, पुस १० गते समापन हुँदै

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply