कोपिला कंडेल, बागलुङ २०७५ पुस ११ । मानव सेवा आश्रम बागलुङकी अभियन्ता सुमिरा लामाले बागलुङलाई सडक मानव मुक्त बनाउने आफ्नो पहिलो उद्देश्य रहेको बताएकी छन् ।
धौलागिरी संचार क्लब बागलुङले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले आफ्नो जीवनको उद्देश्य मानव सेवा रहेको भन्दै बागलुङ लगायत साबिक धौलागिरी अन्चललाईनै मानव सडक मुक्त गराउनका लागि राज्यस्तरबाट पनि सहयोगको अपेक्षा गरिएको धारणा राखिन् ।
आश्रम संचालन गर्नका लागि हामी कुनै बिदेशी दातृ निकायबाट सहयोग लिएका छैनौ, आश्रमकी संचालिका लामाले भनिन् हामी, यहि मुलुकको साधन र श्रोत प्रयोग गरेर सडक मानव मुक्त बनाउन चाहन्छौ । आश्रमलाई कसैको दवाब र प्रभावमा नभई सबैको माया ममता सद्भावले नै चलाउने सोच रहेको लामाको भनाई थियो ।
हरदम मानवसेवामा समर्पित अभियन्ता सुमिरा लामा ।
हेटौडाबाट मानव सेवा आश्रममा आबद्ध भई बिभिन्न ८ वटा आश्रममा सेवा प्रदान गरेको चर्चा गर्दै लामाले बागलुङको आश्रममा सबै पक्षले सहयोग गरेकोले काम गर्न सहज वातावरण बनेको बताईन् ।
जीवनको लक्ष्य भनेको मानव सेवा गर्ने हो आज बागलुङ जिल्लामा आएर मानव सेवा गर्न पाउँदा आफुलाइ खुशी लागेको लामाले बताईन । मानव सेवा आश्रमलाई दिगो रूपमा चलाउन बागलुङबासीको सहयोग सद्भाव उत्कृष्ट रेहेको उनको भनाई थियो । मानव सेवा आश्रमलाई सरकारी सहयोग आवश्यक रहेको छ आश्रमका अभियन्ता लामाले भनिन्, सरकारले प्रयाप्त मात्रामा सहयोग गरे हामी सेवामा मात्र खटिने थियौँ । हामीले खर्चको जोहो पनि आफुहरुले नै गर्नुपर्दा बेलाबेला तनाव समेत सृजना हुने गरेको खुलासा गरिन् ।
कार्यक्रममा लामाले हाल मानव सेवा आश्रम बागलुङमा ९ जना महिला ६ जना बालबालिका र ४ जना पुरुष गरी १९ जनाले आश्रय लिईरहेको जानकारी गराएकी थिईन् ।
कार्यक्रम धौलागिरि संचार क्लब बागलुङका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता सदस्य कृष्ण कडेलको स्वागत मन्तब्य र अर्का सदस्य डम्बर बुढाको संचालनमा सम्पन्न भएको थियो ।
बागलुङ २०७५ पुस