दिनेश शर्मा बडीगाड (भिङगिठे) २०७५ पुस ११ । बडीगाड गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप चन्द्र सुवेदीको नेतृत्वमा गाउपालिकाका कर्मचारीहरु प्रत्येक वडा कार्यलयहरु मै पुगेर बिनियोजित बजेटको उपभोक्ता समीतीहरु सङ्ग सम्झौता गरि आयोजनाहरुको काम अगाडि बढाइरहेको गाउपालिका अध्यक्ष मेहरसिंह पाइजाले बताए ।बडीगाड गाउपालिकाबाट चालू आर्थिक बर्ष मा ४०० बढी आयोजनाहरुमा ४२ करोड बढी रकम बिनियोजन गरिएको छ।
जसअन्तर्गत अहिलेसम्म ५५ प्रतिशत भन्दा बढी अर्थात ४०० आयोजनाहरुमा २५० भन्दा बढी आयोजनाहरु सम्झौता गरिसकिएको र यो महिना भित्र सबै आयोजनाहरु सम्झौता गरि ६० प्रतिशत बढीलाइ पहिलो किस्ता रकम खातामा पठाउने योजना रहेको प्रमुख कार्यकारी अधिकृत प्रदिपचन्द्र सुवेदीले बताए ।
आज बडीगाड गाउपालिका को वडा न ७ भिङ्गिठेमा योजना सम्झौता गरिएको छ । भिङ्गिठेमा पनि अधिकांश योजनाहरु सम्झौता भैसकेको वडा अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए।
यसरी प्रत्येक वडामा नै गाउपालिकाका कर्मचारिहरु पुगेर सेवा प्रवाह गर्दा स्थानियहरु भने खुसी देखिन्थे ।
बडीगाड गाउपालिकामा ४ सय योजनामा रु ४२ करोड विनियोजन, वडा-वडामा पुगेर योजनाहरुको संझौता !
२०७५ पुष ११, बुधबार १९:४७
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ जेष्ठ ९, आईतवार ०८:२१
खर्वाङ आधारभुत स्वास्थ्य इकाइलाई स्वास्थ्य सामाग्रि हस्तान्तरण
२०७७ मंसिर ८, सोमबार ११:१३