Sorry, that menu does not exist.
 

माघे सक्रान्तिको बिदा कटौतीगर्ने पन्चगामी निर्णय फिर्ता लिन प्रधानमन्त्री र गृहमन्त्रीलाई स्मरण पत्र !

कुसुम थिङ, बागलुङ २०७५ पुस १२ । नेपाल मगर संघ बागलुङले आज सम्माननीय प्रधानमन्त्री तथा माननीय गृहमन्त्रीको नाममा जिल्ला प्रशासन कार्यालाय बागलुङ मार्फत एक स्मरण पत्र पठाउदै आदिवासी जनजाति भित्र पर्ने सबैभन्दा ठुलो मगर समुदायले प्राचीनकाल देखी नै राष्ट्रभर मनाउदै आई रहेको प्रमुख मौलिक साँस्कृतिक चाड माघे सकराती (सक्रान्ति) लाई ०६२/०६३ को परिवर्तन पश्चात एक दिन पाउदै आएको सार्वजनिक विदालाई पनि अहिलेको सरकारले विकास र सम्वृद्धिको लागी कामगर्ने बाहनामा खारेजीको निर्णय गर्नु साँस्कृतिक अतिक्रमण तथा हस्तक्षेप गर्नु हो । विभिन्न संघर्ष बलिदान र आन्दोलनको जगलाई टेकेर दिईएको एक दिनको सार्वजनिक बिदा कटौती गर्ने निर्णय प्रति नेपाल मगर संघ घोर भन्र्सना गर्छ भन्दै नेपालको संविधान विरोधी नेपाल सरकारको यस पन्चगामी निर्णय तत्काल फिर्ता लिई नेपालको विविधताको सम्मान गर्न पुन आग्रह गरेको छ ।

नेपाल मगर संघ बागलुङका अध्यक्षव्दारा हस्ताक्षरित स्मरण पत्र गणेश थापा मगर, कुसुम बुढामगर, गगन पुन सहितको प्रतिनिधी मण्डलले जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्र पन्तलाई हस्तान्तरण गरेको थियो । स्मरण पत्र बुझ्दै प्रशासकीय अधिकृत पन्तले तत्कालै सम्माननीय प्रधानमन्त्रीज्यू तथा गृहमन्त्रीज्यू समक्ष पुराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

स्मरणपत्रको पूर्णपाठ यस प्रकार छ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply