Sorry, that menu does not exist.
 

८ वर्ष देखीअलपत्र उत्तरगंगा माविको विज्ञान भवन पोखराका शिक्षाप्रेमी/निर्माण व्यवसायी थापाले निर्माण गरिदिने !

ढोरपाटन नगरपालिकाव्दारा शिक्षा प्रेमी/निर्माण व्यवसायी थापाको स्वागत !

सुमन सुनार, बुर्तिवाङ २०७५ पुस १३ । विगत ८ वर्ष यता अलपत्र अवस्थामा रहेको उत्तरगंगा माध्यमिक विद्यालय बुर्तिबाङको विज्ञान संकायको भवन एक शिक्षा प्रेमी दम्पतीले निर्माण गरिदिने भएका छन । प्र.अ विवादका कारण गत २०६८ साल देखि निर्माण हनु नसक्दा अलपत्र अवस्थामा रहेको उक्त विद्यालयको ४ कोठे भवन कास्की जिल्ला पोखरा उप–महा नगरपालिका वडा नं. १८ सराङकोट निवासी शिक्षा प्रेमी कृष्ण बहादुर थापा र मनसरा महत थापा दम्पतीले निर्माण गरिदिने भएका हुन् । थापा दम्पतीले आफ्नो स्वर्गीय माता, पिता ज्ञानेन्द्र बहादुर थापा र डाक्टर मायाँदेवी खड्का थापाको स्मृतिमा अलपत्र भवनको निर्माण गरिदिने जनाएका छन् ।

ढोरपाटन कन्ट्रक्शन तथा मल्टिप्रपोज कम्पनी प्रा.लि.का सञ्चालक समेत रहेका थापा दम्पतीले यस क्षेत्रका विद्यार्थी सहज शिक्षाको पहुँचबाट बञ्चित हुन नपरोस भन्ने उद्धेश्यले अलपत्र अवस्थामा रहेको भवन निर्माण गरिदिने योजना बनाएको समाजसेवी तथा शिक्षा प्रेमी थापाले बताए । नेपाल आर्मीका मेजर समेत रहेका थापा दम्पती सामाजिक उत्तरदायित्व बोध गरेर विगत लामो समय देखि सामाजिक क्रियाकलापमा सक्रिय रहदै आएका छन् । आफ्नो जन्म र कर्म थलो फरक जिल्ला भएपनि थापा दम्पतीले पश्चिम क्षेत्रको सामाजिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

कक्षा ११ र १२ मा विज्ञान संकाय सञ्चालनका लागि गत २०६८ सालमा जिल्ला शिक्षा कार्यालयको आर्थिक सहयोगमा ४ कोठे भवनको तत्कालीन प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा अधिकारीबाट शिलान्यास गरी निर्माण थालिएको थियो । जिल्ला शिक्षा कार्यालयबाट परेको रु. २ करोड बजेट मध्यबाट पहिलो चरणमा रु २४ लाख रुपैयाँ बजेट निकासा गरी भवन निर्माण सुरु गरिएको थियो । जिल्ला शिक्षा कार्यालयको रु. २४ लाख र विद्यालयको आन्तरिक स्रोतबाट रु १६ लाख गरी रु. ४० लाखमा भवनको फाउण्डेशन मात्रै तयार गरिएको थियो । भवनको फाउण्डेशन तयार हुनै लाग्दा प्र.अ विवादका कारण निर्माण कार्य रोकिएको थियो । राजनैतिक प्रतिशोध र व्यक्तिगत स्वार्थका कारण सुरु भएको प्र.अ. विवादले अख्तियार सम्म मुद्दा पुगेको थियो । प्र.अ विवाद कै कारण विद्यालयको बैंकिङ कारोवार समेत बन्द गरिएको थियो । अन्ततः खाता रोक्का गरिएपछि रकम अभावका कारण भवन निर्माण कार्य अलपत्र प-यो ।

वि.सं. २०६६ साल पुस १३ गते तत्कालीन विद्यालय व्यवस्थापन समितिले लामो समयदेखि प्रअ पदमा कार्यरत रहँदै आएका तत्कालीन प्रअ धन बहादुर कुँवरलाई प्रअ पदबाट हटाउने निर्णय गरि प्राचार्यको लागि विज्ञापन गरी २०६७ भदौ ३१ गते शिक्षक ईश्वरी प्रसाद पौडेललाई प्राचार्य पदमा नियुक्ति गर्ने निर्णय गरे पछि प्रअ विवाद सुरु भएको थियो ।

करिव ७ वर्ष यता राजनैतिक विजारोपण तथा सीमित स्वार्थका कारण बल्झिएको प्र.अ. विवादले निर्माण अलपत्र बनेको भवन ढोरपाटन कन्ट्रक्शन तथा मल्टिप्रपोज कम्पनी प्रा.लि.का सञ्चालक थापा दम्पतीले निर्माण गरिदिने भएपछि विद्यालयको पठनपाठनमा सहजता हुनुका साथै शैक्षिक विकासमा समेत थप सहयोग पुग्ने अपेक्षा गरेको विद्यालयका प्रधानाध्यपक ईश्वरी पौडेलले बताए ।

सो भवन निर्माणका लागि कहि–कतैबाट सहयोग पाउन नसकिरहेको अवस्थामा थापा दम्पतीले निर्माण गरिदिने भएपछि आफुलाई ढुंगा खोज्दा देउता मिलेको अनुभुती भएको भन्दै उनले खुशी व्यक्त गरे । थापा दम्पतीको आर्थिक सहयोगमा भवनको एक तला निर्माण भएपछि अर्को तला विद्यालयको आन्तरिक स्रोतबाट निर्माण गर्ने योजनामा रहेको प्रधानाध्यापक पौडेलको भनाई छ । उक्त भवनको निर्माण कार्य सम्पन्न भएपछि विहानमा सञ्चालन गर्दै आइएको कक्षा ११ र १२ को विज्ञान संकायको पठनपाठन दिउँसोमा सञ्चालन गरिने प्र.अ. पौडेलले बताए

यसैविच विहिवार ढोरपाटन नगरपालिकाव्दारा ढोरपाटन कन्ट्रक्शन तथा मल्टिप्रपोज कम्पनी प्रा.लि.का सञ्चालक एवं समाजसेवी तथा शिक्षा प्रेमी मेजर थापालाई सम्मान समेत गरिएको छ ।

ढोरपाटन नगर कार्यपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी थापालाई सम्मान गरिएको हो । थापालाई ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले खादा अविर लगाएर सम्मान गर्दै विगत लामो समय देखि अलपत्र अवस्थामा रहेको भवन आफ्नो व्यक्तिगत लगानीमा निर्माण गर्ने भनि ढोरपाटन नगरपालिकाको शिक्षाको विकासमा महत्वपुर्ण योगदान पु¥याएकोमा मेजर थापा दम्पतिको प्रशंसा समेत गरे । वडा नं. १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी, ईन्जिनियर नारायण पौडेल, स्थानिय सञ्चार माध्यमका सञ्चारकर्मी लगायत कार्यालयका कर्मचारीहरुको विशेष उपस्थीती रहेको उक्त सम्मान कार्यक्रमको सञ्चालन उत्तरगंगा माध्यमिक विद्यालयका प्र.अ पौडेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply