प्रेम सुनार, गुल्मी २०७५ पुस १५ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन वरालले प्रदेश सरकारले शिक्षकहरुको तलव बृद्धि गर्ने तयारी गरिरहेको बताएका छन । शनिवार गुल्मीको धुर्कोट गाउँपालिकाले अयोजना गरेको शैक्षिक गोष्ठीमा सहभागि सामुदायिक विद्यालयका शिक्षकहरुलाई सम्वोधन गर्दै मन्त्री वरालले यस्तो बताएका हुन ।
उनले भने–‘अहिले नै यति हजार यी यी तहका शिक्षकको तलव बढ्दै छ त भनेर म भन्दिँन तर एउटा शिक्षकलाई पर्याप्त हुने गरि तलव बृद्धिको सिफारिस गरेर आयोगमा पठाएका छौ’– भने–‘ निजी विद्यालय कै जति दाम पनि दिने काम पनि उस्तै लिने प्रदेश सरकारले नीति लिएको छ ।’
१० बर्षे जनयुद्ध ताका वोर्डिङ्ग स्कुल बन्द गराउँदै हिडेका उनै नेता वरालले अहिले भने वोर्डिङ्ग स्कुलले शैक्षिक क्षेत्रमा देखाएको बाटो अनुशरणिय भएको धारणा राखे । उनले भने–‘अव निजी क्षेत्रले सञ्चालन गरेका शैक्षिक संस्था संग पनि सहकार्य गरेर जानु पर्ने आबस्यकता देखियो ।
गुणस्तरिय शिक्षा प्रदान गरेका त्यस्ता बोर्डिङ्गका विषयगत शिक्षकबाट कम्तीमा एक महिना सामुदायिाक विद्यालयमा पुगेर शिक्षण सिकाई सिप निशुल्क वोर्डिङ्ग स्कुलले उपलव्ध गराएर दक्ष जनशक्ति उत्पादन तर्फ लागिने भएको छ । ’ पुराना शिक्षकहरुले आफुलाई अर्धदक्ष छु भनेर सोच्दै नसोच्न आग्रह गर्दै अहिलेको प्रविधीलाई पछ्उँदै मैले जे पनि गर्न सक्छु भन्ने उच्च मनोभावना राखेर अगाडी बढ्न मन्त्री वरालको सुझाव थियो ।
उनले शिक्षकहरुको तलव बृद्धि गर्ने बिषयमा थपे–‘ वोर्डिङ्ग स्कुलका शिक्षक झै दक्ष सामुदायिक विद्यालयका शिक्षक पनि हुनु पर्छ भनेर त हामीले सोच्दै र भन्दै आएका छौं, तर उनिहरुको वेतन पनि त्यति नै हुनु पर्छ भन्ने सोचेनौं , यसर्थ प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले यस्तो सोच्यो र आयोगमा सिफारिस गरेर पठाईएको हो । ’
उनले शिक्षण विधी सिकाईका लागि अमेरिका लण्डन जस्ता विकासित मुलुकमा पहिला मन्त्रीहरु जाने , त्यस पछि सचिवहरु , उनिहरु पछि विभागका निर्देशक र त्यस पछि तत्कालिन जिसीओहरु जाने गरेको कुरालाई आफुले अन्त्य गर्न लागेको बताए ।
उनले भने–‘ त्यहाँबाट सिकेर आएका ति मन्त्री र सचिवहरुले कहिल्ःलै विद्यालयमा आएर पढाएका छन ? जुन शिक्षकले पढाउने गरेको छ उ चाँही जान नपाउने ? ठुला बडाहरु भने घुम्न र भत्ता पचाउनका लागि जानै पर्ने ? यस विषयमा अर्थमन्त्रालय संग समेत आफुले लामै वहस गर्न प¥यो र प्रदेश ५ बाट शिक्षकहरु नै दक्षिण एशियाली मुलुकका उत्कृष्ट विद्यालयहरुमा शिक्षण सिकाईका लागि जान पाउने कार्यविधी स्वीकृति भई सक्यो र केहि शिक्षकहरु गई पनि सके र अरु जाँदै छन । ’
उनले अवको शिक्षा निशुल्क कि सशुल्क ? भन्ने विषयमा वहस भई रहेको बताए । ‘सवैलाई निशुल्क शिक्षा दिन आबश्यक छैन । बर्षमा २२ अर्व सम्म कमाउने विनोद चौधरीका नाती नातिनाहरुलाई किन निशुल्क शिक्षा चाहियो ? उनले भने आबश्यक छैन , त्यस्ता धनी वर्गका मानिसहरुबाट शुल्क लिने, थप श्रोत पनि माग्ने , निरपेक्ष गरिवीको रेखा मुनी रहेकाहरुलाई सुविधा सम्पन्न विद्यालय बनाएर पुर्णरुपमा निशुल्क बनाउने प्रदेश सरकारले नीति लिएको छ ।
धनीबाट लिने गरिवलाई दिने हामीले भन्ने गरेको समाजवाद यहि हो । ’ गोष्ठीमा नमुना र उत्कृष्ट सामुदायिक विद्यालय बन्न सफल सदरमुकाम तम्घास स्थित महेन्द्र नुमना माध्यामिक विद्यालयका शिक्षक कृष्णप्रसाद मरासीनी र निजी क्षेत्रबाट राजधानीमा उत्कृष्ट बन्न सफल अर्वानेश ईन्टरनेशनल एकेडेमी ( एआईए ) का प्रवन्ध निदेशक विमल घिमिरेले शिक्षकहरुलाई शिक्षण सिकाईबारे आ–आफ्नो अनुभव बाँड्ने गरेका थिए ।
कार्यक्रममा पुर्व सांसद टंक पोखरेल, मदाने गाउँपालिका प्रमुख दानबहादुर केसी नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का जिल्ला नेता कृष्ण घिमिरे , नेपाली कांग्रेसका नेता छन्द पहराई , नेकपाका अर्का नेता निमबहादुर पाण्डे , शिक्षक महासंघ धुर्कोटका अध्यक्ष ऋषिराम पाण्डे लगायतले मन्तव्य राखेका थिए ।
धुर्कोटका प्रमुख प्रशासकिय अधिकृत मधुप्रसाद घिमिरेका अनुसार यस बर्ष शैक्षिक गुणस्तरका लागि ५० लाख रुपैयाँ छुट्टाईएको छ , आगमी बर्ष अलि ठुलो रकम छुट्टाएर पहिला शैक्षिक विकास गरेर मात्र अरु विकास हुने गाउँपालिकाले लक्ष्या लिएको छ । आज समापन भएको गोष्ठीमा सहभागि सवैलाई स्वागत गर्दै यसबाट धुर्कोटको शैक्षिक गुणस्तर अभिबृधिमा कोसेढुङ्ग सावित हुने अपेक्षा लिएको धुर्कोट गाउँपालिकाका उप प्रमुख शिवबहादुर खत्रीले बताए ।
धुर्कोटगाउँपालिकाकी प्रवक्ता कविता बिकका अनुसार समापन संगै गाउँपालिका प्रमुख भुपाल पोखरेलले घोषणा गरेको २२ बुँदे प्रतिवद्धता पत्रमा धुर्कोट गाउँपालिका सम्पुर्ण शिक्षकले कार्यन्वनका लागि प्रतिवद्धता सहित हस्ताक्षर गरेका छन । दुई दिने कार्यक्रमको सहजिकरण हिमालय उच्च माविका सहायक प्रधानध्यापक कृष्णप्रसाद भण्डारीले गरेका थिए ।