Sorry, that menu does not exist.
 

सयपत्री बहुउद्देश्यीय सहकारीको वार्षिक साधारण सभाको पूर्व सन्ध्यामा पत्रकार भेटघाट

गुमानसिँह भण्डारी, गल्कोट २०७५ पुस १५ । सयपत्री बहुउदेश्यीय सहकारी संस्था लिमिटेड गल्कोटले पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको १२ औ बार्षिक साधारण सभाको पुर्व सन्ध्यामा पत्रकार सम्मेलन गरि साधारण सभामा पेस गर्ने बिषयका बारेमा जानकारी गराएको हो ।

सो अवसरमा बचत नीति २०७०, ऋण नीति २०७०, आर्थिक प्रशासन नीति २०७० संसोधन गरि २०७५ लागु गर्ने, बिनियम संशोधन २०६८ लाई संशोधन गरि २०७५ लागु गर्ने, सामाजिक सुरक्षा कार्यबिधि, सुशासन निति, निर्वाचन निर्देर्शिका, जोखिम ब्यवस्थापन निति २०७५ लागु गर्नका लागी साधारण सभामा पेश गरिने सहकारीका अध्यक्ष चिन्तामणि शर्माले पत्रकार सम्मेलनमा जानकारी गराए । ्

कार्यक्रममा पछिल्लो समय गल्कोटमा ऋण लिने र उदेश्य अनुसारको क्षेत्रमा लगानी नभएको अवस्थामा संस्थाले फाईब सि को प्रावाधान लागु गर्ने नीति अगाडि सारेको छ । जसमा कुनै पनि ब्यक्तिले पाँच ओटा सि अन्तर्गत ६० अंक प्राप्त गरे मात्रै ऋण प्रदान गर्न सकिने अध्यक्ष शर्माको भनाई छ ।

साधारण सभामा संस्थाको भवन स्तानान्तरण गर्ने, नमुना कृषि तथा पर्यटन परियोजना लागु गर्ने, सञ्चालक समिति, कर्मचारीहरुको क्षमता अभिबृद्धि सम्बन्धि तालिम सञ्चालन गर्ने, भवन निर्माण र जग्गा ब्यवस्थापन लगायतका बिषयलाई समेत साधारण सभामा पेस गरिने संस्थाका सचिव हेमराज गैरेले जानकारी गराए ।

पत्रकार भेटघाट कार्यक्रममा संस्थाका अध्यक्ष शर्माले आर्थिक सम्पन्नताका लागी खर्च गरेर बाँकी रहेको रकम हैन की, बरु बचत गरेर बाँकी रहेको रकम खर्च गर भन्ने उक्तिलाई सदस्यमाझ सम्प्रेषण गर्दै अघि वढेको बताए ।

कार्यक्रममा संस्थाका सचिव गैरेले २ करोड ६१ लाख ५६ हजार १ सय सेयर पुजि, ८ करोड ४७ लाख ३८ हजार ६ सय निस्क्षेप , ९ करोड ५६ लाख ५० हजार ४ सय ऋण लगानि रहेको र १५ आना संस्थाको आफनै जग्गा रहेको जानकारी गराए ।

२०६४ साल असार १ गते २८ जना सेयर सदस्यको ५५ हजार सेयर पुर्जिबाट सुरुवात गरिएको सहकारीले साउन १ गतेदेखि ९९ जना सेयर सदस्य पुर्याई १ लाख ९८ हजार सेयर पुर्जि संकलन गरेको थियो । साउन महिना देखिनै संस्थाले दैनिक कारोबार गर्न सुरु गरेको अध्यक्ष शर्माले बताए । गल्कोटमा पहिलो पटक कार्यालय र दैनिक बचत गर्ने सहकारी आफनो संस्था भएको शर्माको भनाई छ । शर्माका अनुसार सहकारीको चिनारीको रुपमा सामाजिक सुरक्षा कोष र कृषि बिकास कोष रहेको बताए । अन्य सहकारीको तुलनामा उकृष्ट काम गर्न सफल भएको संस्थाले सामाजिक सुरक्षा कोषबाट भुकम्प पीडित, बिभिन्न रोगबाट ग्रसितहरुको उपचारका लागी सहयोग गर्दै आईरहेको सहकारीका प्रबन्धक रबिलाल सुवेदीले बताए । संस्थाले निवेदनका आधारमा सहकारीमा सहयोग माग्न आउने जुन कुनै संस्था, तथा ब्यक्तिलाई पनि आर्थिक सहयोग गर्दै आईरहेको सचिव गैरेले बताए । संस्थाले गल्कोट नगरपालिका वाड नम्बर ४ चमुवामा अलैची खेति, निलुवामा हनिहन्टिङ सञ्चालन गर्दा समेत सहआयोजकको भुमिका निर्वाह गरेको संस्थाका लेखापाल बिकास सुवेदीले बताए । संस्थाले कर्मचारी पेन्सनको ब्यवस्थापन समेत गरेको छ । जसले गर्दा कर्मचारीहरुलाई संस्था छोडने र भबिष्यको चिन्तालाई कम बनाएको छ । कर्मचारीले काम गरेको आधारमा ५ बर्ष, १० बर्ष १५ बर्ष, २५ बर्षका आधारमा मुल्याकन गरि एकमुष्ट पेन्सन प्रदान गरिने सहकारीका कोषाध्यक्ष ओमकार सुवेदीले बताए ।

भेटघाट कार्यक्रममा गलकोट नगरपालिका वडा नम्बर ४ का अध्यक्ष बल बहादुर खत्रीले मन्तब्य राखेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष चिन्तामणि शर्माको अध्यक्षता र सचिव हेमराज गैरेको सञ्चालनमा सम्पन्न भएको थियो । सहकारीले पौष २१ गते १२ औ साधारण सभाको आयोजना गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply