Sorry, that menu does not exist.
 

बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा १० महिनापछि पहिलो पटक २७ बर्षिया महिलाको शल्यक्रिया द्वारा प्रसुति !

छविलाल पाण्डे, बुर्तिबाङ २०७५ पुस १९ । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि वन्द रहेको प्रसुती शल्यक्रिया सेवा Cesarean delivery (C-section) पुन: सञ्चालनमा आएको छ । गत चैत महिनादेखि बन्द रहेको शल्यक्रिया सेवा Cesarean delivery (C-section) डा.दिलिप कोजुको आगमन भएसंगै बुधबार राति एक महिलाको पहिलो पटक सफलतापुर्वक शल्यक्रियाद्वारा प्रसुति गराइएको हो ।

गत कार्तिक मसान्तमा आएका डा.कोजुले शल्यक्रियाका निम्ती आवस्क सामाग्री व्यवस्थापन भएसंगैै पहिलो पटक ढोरपाटन नगरपालिका वडा नं.९ बोबाङ सुकुरदुङकी २७ बर्षिया अमृता पुनको शल्यक्रिया गरेर बच्चा निकालिएको बताए । पेटमा बच्चा उल्टो अवस्थामा रहेको र पहिलो गर्भ त्यसैमा ३ दिन म्याद नाघिसकेका कारण तत्काल शल्यक्रिया गर्नुपरेको उनको भनाई छ ।

शल्यक्रिया पश्चात आमा र बच्चाको अवस्था अहिले सामान्य रहेको छ । सुत्केरीलाई थप आरामका निम्ती बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको प्रसुति प्रतिक्षाघरमा राखिएको छ ।

गत चैत महिनादेखि शल्यक्रिया गर्ने चिकित्सक र आवश्यक मेशिनरी सामाग्री व्यवस्थापनको अभावमा प्रसुती शल्यक्रिया रोकिएको थियो । अव जस्तो सुकै अवस्थामा पनी शल्यक्रिया गर्न सकिने गरी व्यवस्थापन भएको डा. कोजुले बताए ।

स्मरणीय छ, गत मंसिर ८ गते गर्भवती अवस्थामा प्रसुती तथा शल्यक्रियाका निम्ती आउने महिला र गर्भवती भईसकेपछी आराम गर्नका निम्ती फेयरमेड नेपालको सहयोग, भिमापोखरा युवा क्लबको साझेदारीता र ढोरपाटन नगरपालिकाको समन्वयमा प्रसुती प्रतिक्षाघर सञ्चालनमा ल्याईएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply