गुमानसिँह भण्डारी, गल्कोट २०७५ पुस २० । गल्कोट क्षेत्र राजनैतिक हिसाबमा ऐतिहासिक बिरासत बोकेको नगरपालिका भएको गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताएका छन् ।
४३ औ मेलमिलाप दिवस तथा अंग्रेजी नयाँ बर्ष २०१९ को अवसरमा नेपाल जनसम्पर्क समिति जापान कान्तो क्षेत्रीय समितिले आयोजना गरेको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख गैरेले गल्कोटबाट जापानमा आएर बिभिन्न पेशा ब्यबसाय सग आबाद्ध भई जापान बस्ने गल्कोट बासीहरूको संख्या अत्याधिक रहेकोले गल्कोटबासीहरूले जापानमा सिकेका ज्ञान सिप र पुजीलाई गल्कोटमा भित्रयाउनको लागी नगर पालिकाले बिशेष योजना बनाउने बताए ।
जापानको रेमिट्यान्स सहि तरिकाले सदुपयोग गर्नका लागी नगरपालिका प्रतिबद्ध रहने उल्लेख गर्दै गल्कोटको समृद्धिका लागी जापानमा भएका गल्कोटेहरुको समेत भुमिका महत्वपुर्ण हुनै भन्दै सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताए ।
सो अवसरमा नगरप्रमुख गैरेलाई सम्मान समेत गरिएको थियो । गैरेले जनसम्पर्क समितीले गरेको सम्मान र शुभकामनाप्रति धन्यबाद समेत ब्यक्त गरेका थिए ।
जापानको टोकियोमा आयोजित उक्त कार्यक्रममा नेपाली कांग्रेस सँग आस्थावान महासमिती सदस्य, महाअधिबेशन प्रतिनिधी लगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
नेपाली जनसम्पर्क समिती जापान कान्तो समितीका सभापती एकेन्द्र थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समितीका उपाध्यक्ष दिपेश खत्रीले स्वागत मन्तब्य द्वारा उपस्थित सबैलाई स्वागत गरेको थिए ।
कार्यक्रममा संस्थाका तर्फबाट पिताम्बर चापागाई, आत्माराम गÞैरे लगायतले कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गैरे लगायत अन्य अतिथिहरूलाई स्वागत तथा सम्मान गरेको थिए ।
कार्यक्रममा रामकृष्ण बम मल्ल, राजेन्द्र जमरकट्टेल, सुवास लोहोनी , डि पी कडेल , चिरन्जिबी थापा लगायतका नेताहरूले मेलमिलाप दिबस यसको महत्वको बिषयमा मन्तब्य राखेको थिए ।