Sorry, that menu does not exist.
 

बिहुँकोट समाज जापानको छौठाै बार्षिक साधारण भव्य रुपामा सम्पन्न

भरत प्रसाद सापकोटा, बिहुँ (बागलुङ) २०७५ पुस २२ । बागलुङ जिल्लाको बिहुँकोटबाट जापानलाई कर्मथलो बनाई उनिहरुकै हकहित र समाजमा भईपरि आउने दैबिक विपत्ति प्राकृतिक प्रकोप अतिबिपन्न शैक्षिक धार्मिक एवं दीर्धरोगी जस्ता समाजका हरेक वेतिथिहरुमा हातेमालो गर्दै पवित्र उदेश्यका साथ स्थापित यस संस्थाले हरेक क्षेत्रमा गरेको सहयोग सराहनीय प्रशंसनीय छ।

कार्यक्रमलाई संम्बोधन गर्दै कार्यक्रममा प्रमुख अतिथि एवं अमर मा बि प्राधानाध्यापक साथै जापान समाज बिहुँकोट सचिव भिष्म कडेंलले यसं संस्थाले बिहुँकोट र यस समाजमा गरेको योगदान को उच्च प्रशंसा गर्दै यस संस्थाले गरेका हरेका सामाजिक कामले बिहुँकोटे हुनुमा गव लाग्ने बताउदै केहि समय पहिले बिहुँमा स्थापना गरेको १ करोड को पुजिंलाई लगानी गर्न सक्ने हो भने समाज विकासमा अर्को ईट्टा थप्न सकिने बताए । उनले यस संस्था स्थापनार्थ दृढताका साथ लागि परि छरिएर रहेका सबैलाई एकिकृत गरि संस्थालाई यो स्थानमा पुर्याउने संम्पुर्णलाई धन्यबाद ब्यक्त गरेका थिए ।

बिहुँकोट समाज जापान का कोषाध्यक्ष दिपक कडेंल ले आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै कुल बार्षिक आम्दानि रु७४लाख ६७ हजार ४५ जापनिएन कुल खर्च रु३८लाख ६१हजाार३७१ जापानिएन कुल बचत रु ३६लाख ५हजार६६९जापनिएन रहेका जानकारी गराएका थिए।

सो कार्यक्रम मा २०१८ यस संस्थाको नवआगन्तुक सदस्यहरु प्रमाण पत्र तीज धमाका २०१८मा सहयोग गर्ने सहयोगीहरुलाई सम्मान ब्यक्त गरिएको थियो। साथै बिहुँकोट समाज जापानले २०१८ -१-१ देखि १२ -३१ सम्म ब्रह्मलीन सन्त सिशरोमणि १००८ स्वामी परमानन्द सरस्वती जी महाराजबाट स्थापना गरिएको धार्मिक पर्यटकीय क्षेत्र रामकोट धाममा सन्त भबन निर्माणको लागि रु १० लाख स्वामीजीको अबतार भएको ठाउँ साबिकको बिहुँ ३ पौवाडाँडामा मन्दिर निर्माणों लागि रु ४ लाख साबिक बिहुँ रु १ लाख गिठापाटा लक्ष्मीनारायण मन्दिरको लागि १ लाख गरी जम्मा १५ लाख सहयोग उपलब्ध गराईएको अध्यक्ष देबिलाल सुबेदीले जानकारी दिए ।

सो कार्यक्रममा यसैसंस्थाका संरक्षक दीपक सुबेदी सहसंरंक्षक डण्डपानि कँडेल(डि०पि०)ऊपाध्यक्ष घनश्याम कँडेल, जापान समाज बिहुँकोट का कोष्ध्यक्ष नारायण प्रसाद कँडेल राजु गोबिन्द प्रसाद कँडेल सल्लाहकार तथा लोक भजन संयोजक भुमिश्वर सुबेदी निबर्तमान ऊपाध्यक्ष प्रेम कँडेल निबर्तमान अध्यक्ष सागर कँडेलको मन्तव्य रहेको ऊक्त कार्यक्रममा सचिव शिबलाल कँडेल लगाएतले बोलेकाे कार्यक्रममा उपाध्यक्ष असोक शर्मा गोपलले अग्रेजी बर्ष ( २०१९) अवसरमा शुभकामना ब्यक्त गरेका थिए।

बिहुँकोटबाट जापान भ्रमण रहेका अमर माबिका प्रधानाध्यपक एवं जापान समाज बिहुँकोट सचिव भिष्म कडेल र जापान समाज बिहुँकोट कै कोषाध्यक्ष नारायण प्रसाद कडेंल राजुलाई विषेश सम्मान गरिएको कार्यक्रमको स्वागत प्रवक्ता फडिन्द्र सुबेदीले गरेका थिए।

बिहुँकोट समाज जापानका अध्यक्ष देबिलाल सुवेदी सभापतित्वमा आयोजित कार्यक्रमको संचालन सचिव शिबलाल कडेलको रहेको जापानबाट अध्यक्ष सुबेदीले जानकारी दिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply