Sorry, that menu does not exist.
 

मालारानी आधारभूत विद्यालय ताराखोलाको ४१ औँ वार्षिकोत्सव सम्पन्न !

खगेन्द्र विश्वकर्मा ताराखोला २०७५ पुस २६ । मालारानी आधारभूत विद्यालय ताराखोला गाउँपालिका ५ को ४१ औँ बार्षिक उत्सवको कार्यक्रमको अवसरमा बोल्दै ताराखोला गाउपालिकाकी उपाध्यक्ष दिलकुमारी रोकाले विद्यालयको प्रगतिको लागि गाउपालिका सधै सकारात्मक तरिकाले कार्यक्रमहरु लिने बताईन् । आगामि बर्षमा विद्यालयको हितको लागी सबै पक्ष मिलेर शिक्षाको विकास गर्ने उनको भनाई थियो ।

शि।अ।स। अध्यक्ष चन्डि प्रसाद सापकोटा, त्रिसुली पा।बि। का प्र।अ। कुल बहादुर रोका, अभिभावकको तर्फ बाट हरिलाल ढुङ्गाना र बिद्यार्थीको प्रतिनिधि मनिसा कंडेल लगाएतले मन्तव्य दिएका थिए ।

प्र।अ। कर्णबहादुर केसीले बिद्यालयको बार्षिक आय कुल रु। ३७ लाख ६७ हजार ५ सय ३२ र कुल व्यय रु। ३४ लाख ५२ हजार ३ सय ६८ रहेको बताए । बार्षिक उत्सव २३ गते देखि २५ गते सम्म संचालन भएको थियो ।

कार्यक्रममा बिद्यालयको आन्तरिक कार्यक्रम सगै साबिक तारा गा।बि।स। बिद्यालयस्तरिय कार्यक्रमहरु प्रा।बि। स्तरीय हाजिरी जवाफ प्रतियोगिता र आधारभूत तह स्तरीय छात्र भलिबल प्रतियोगिता संचालन गरिएको थियो । प्रा।बि।स्तरीय हाजिरी जवाफ प्रतियोगितामा नेपाल मा।बि। तारा प्रथम र दुर्गा भवानी मा।बि। द्वितीय साथै छात्र भलिबल प्रतियोगितामा दुर्गा भवानी मा।बि। ए प्रथम र दुर्गा भवानी मा।बि। बी द्वितीय भएका छन् ।

बार्षिक उत्सवमा पूर्व विद्यार्थीहरुबाट आर्थिक सहयोग प्राप्त हुँदै आएको छ । गत बर्ष र अहिले गरि आर्थिक रकम सहयोग आईरहेको शिक्षक कमल घर्तीले बताए । बिद्यालयलाई नगद राशी सहयोग गर्ने पूर्व विद्यार्थीहरु तथा आर्थिक सहयोग दाताहरु दिल निशानी मगर, ताराखोला गा।पा।(५ खोरेखर्क रु।२० हजार, नरेश के।सी। ताराखोला गा।पा।(४ दोगाडी, नगद रु। १० हजार, युवराज कडेल, न्यू कम्प्युटर बजार, बागलुङ नगरपालिका रु। १० हजार तुलसी कडेल, ताराखोला गा.पा- ५ मच्छर, रु. ६१ सय, देवी के।सी, पर्वत, रु. ५ हजार १ सय ३० (गत बर्ष रु. २० हजार), इश्वरी के।सी लेखानी बागलुङ, रु. ५ हजार १ सय ३० (गत बर्ष रु २०हजार) शसिधर ढुंगाना, ताराखोला गा।पा-५ पलिम, रु- ५ हजार ५ सय गत बर्षहरुमा रु। १ लाख,४० हजार, तिल कुमारी कडेल, ताराखोला गा।पा।(५, मच्छर, रु. ५ हजार ५०, ओम प्रकाश अग्रेजा, ताराखोला गा।पा-५ औलाडी, रु। ५ हजार, नन्दकली सापकोटा, ताराखोला गापा – ५, मच्छर, रु. ५ हजार अभिभावक खेतुलाल आचार्य, ताराखोला गा।पा-५, सीप, रु. ४ हजार गरि ९गत बर्ष रु। ५१ हजार, जम्मा रु ५५ हजार रकम विद्यालयलाई आर्थिक सहयोग गरेका छन् ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पशुपति कडेलको अध्यक्षता देवी थापाको स्वागत मनबहादुर खत्रीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply