Sorry, that menu does not exist.
 

नक्कली भूकम्प पीडितलाई सुबिधाबाट बन्चित गरिने

कोपिला कंडेल, बागलुङ २०७५ पुस २६ । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन ईकाई गण्डकी प्रदेश बागलुङले भुकम्प पछिको पुननिर्माण सम्बन्धी अभिमुखीकरण तथा समिक्षा कार्यक्रमका अवसरमा भूकम्पबाट क्षति भएका २ हजार ३ सय ७५ निजी संरचनामध्ये २ हजार ७० जनाले पहिलो किस्ताको रकम बुझेकोे जानकारी दिईएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रिय तथा जिल्ला कार्यान्वयन ईकाई बागलुङ्गका ईञ्जिनियर रामाशिष साहले भुकम्प पछिको जिल्लाको प्रगति समस्या र चुनौती सम्बन्धी एक कार्यपत्र प्रस्तुत गर्दै हाल सम्म सम्झौता भईसकेका लाभग्राही २ हजार १ सय ५६ रहेको बताए ।

साहका अनुसार प्रवलिकरण लाभग्राही ८२, प्रथम किस्ता पाउने २ हजार ७० दोश्रो किस्ता पाउने ७ सय १७, तेश्रो किस्ता ४ सय ७ जनालाई भुक्तानी गरिसकिएको छ । उनले जिल्लामा ७ सय ६ वटा गुनासो दर्ता भएको तर १६ वटा गुनासो मात्र फछर्यौट गरिएको जानकारी दिए ।

सो अवसरमा जिल्ला आयोजना कार्यान्वयन ईकाईका ईञ्जिनियर सन्देश केसी, जोखिम बस्ती स्थानान्तरण तथा एकीकृत वस्ती विकास कार्यक्रमका चन्द्रकान्त लौडारी, सहुलियत ऋण र विकास साझेदार संग सहकार्यका, डाक्टर योगेन्द्र रिजाल, भवन प्रवलिकरण र निर्मित भवन सुधार सम्बन्धी दिवतकुमार श्रेष्ठ लगायतले बिषयगत कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमाथि जिल्ला स्थित सबै नगर र गाउंपालिकाका प्रमुख एबं प्रतिनिधीले भुकम्प पीडितका लागि अनुदान रकम अत्यन्त न्युन भएको र गरिब र दलित बस्तीमा घर बनाउनका लागि कठिनाई सृजना भएको बताएका थिए । उनिहरुले स्थानिय तहबाट पनि भुकम्प पीडितको न्यायको लागि सक्दो सहयोग गरेपनि पुर्णता दिन नसकेको धारणा ब्यक्त गरेका थिए ।
सो अवसरमा सहभागिको प्रश्नको जवाफ दिदै राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी सदस्य डाक्टर चन्द्रबहादुर श्रेष्ठले भुकम्प प्रतिरोधी घर बनाउनका लागि नेपाल सरकारले तोकेको मापदण्ड अनुसार तत्कालका लागि ३ लाख रुपया भन्दा धेरै सहयोग गर्न सक्ने अवस्था नरहेको वताए ।

भुकम्प पीडितले घर बनाउन चाहेमा प्राधिकरणले ३ लाख सहयोग गर्ने व्यवस्था रहेको जानकारी दिदै उनले मापदण्ड अनुसार गराएका घरपरिवारलाई मात्र सो रकम प्रदान गरिने बताए । उहांले नक्कली भुकम्प पीडितलाई सुबिधाबाट बन्चित गर्ने जानकारी दिए ।
बागलुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बास्तविक भूकम्प पीडितहरुको जीवनस्तर सुधार तथा पहिचानका लागि जिल्ला तथा स्थानिय निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताए ।

कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाको अध्यक्षता, आयोजनाका उपनिर्देशक अमृत श्रेष्ठको स्वागत मन्तब्य र नायब सुब्बा चुर्णबहादुर कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply