घनश्याम गौतम गल्कोट २०७५ पुस २७ । गल्कोट बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको ११ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा बोल्दे गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज गौतमले सहकारीले उत्पादनमुलक काममा लगानी गर्नुपर्ने बताए । गौतमले पछिल्लो समयमा सहकारी सस्थाले बचत ऋणको कारोबार मात्रै गरेको तथा सहकारीको मुल्य मान्यता भन्दा बढी आर्थिक कारोबार गरि मुनाफा आर्जन गर्ने ब्यबसाय बनेकोले सहकारी अब उत्पादनमा जोडिनुपर्ने बताए ।
साधारण सभामा गल्कोट नगरपालिका बडा नम्बर ३ का बाड अध्यक्ष बिरजंग भण्डारी, जिल्ला बचत तथा ऋण सहकारी सघ बागलुङका उपाध्यक्ष गणेश बहादुर खत्री, गल्कोट सामुदायिक सेवा केन्द्रका अध्यक्ष मञ्जु शर्मा चालिसे, गलकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्णराज गौतम लगाएतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा दैनिक बचतकर्ता लिला कुमारी अधिकारी, केशब गौतम, धनमाया पुन, भरत केसी, माशिक बचतमा टिकाकुमारी थापा, श्याम बुढाथोकी, नियमित बाल बचतकर्ता, मुस्कान कुबर, रितिका श्रेष्ठ, मुद्दतितर्फ गँगाकुमारी गौतम, बिजुली श्रेष्ठ, असल ऋणी, रमा घर्ती, ईन्द्र कुमारी बिकलाई सम्मन गरिएको थियो ।
त्यस्तै सामुदायिक बिद्यालयबाट गत बर्षको एसईई परिक्षामा उत्कृष्ट अकंकासाथ उत्रिण हुने शेयर सदस्य उमा गौमतका छोरा राजिब गौतम, सस्थागत बिद्यालयबाट शेयर सदस्य दुर्गा रेग्मीका छोरा स्वागत रेग्मी, ज्येष्ट नागरिक प्रस्ट बहादुर थापा, ज्येष्ट नागारीक मुद्दति बचत गर्ने दुर्गा लक्ष्मी श्रेष्ठ र तुलसी प्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो ।
साधारण सभाका संस्थाका सचिव छविलाल शर्माले प्रगति प्रतिबेदन र कोषाध्यक्ष बिरेन्द्र श्रेष्ठले ४२ करोड ६ लाख ५६ हजार ३ सय ६६ आम्दानी र २० करोड ६० लाख ४ हजार ८ सय २५ बराबरको कर्जा प्रर्वाह गरेको जानकारी दिएका थिए ।
सहकारीमा हालसम्म १२ लाख २२ हजार ५ सय ६६ मुनाफा गर्न सफल भएको सहकारीका अध्यक्ष रामप्रसाद शर्माले बताए ।
२०६४ सालमा स्थापना भएको संस्थामा ८ सय २ जना सेयर सदस्य रहेका छन । संस्थामा ४ सय १२ जना दैनिक बचत, ५ सय ५३ जना नाबालक बचतकर्ता, १ हजार ७ सय मासिक बचतकर्ता रहेका छन ।
साधारण सभा सहकारीका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष डाक्टर टंकप्रसाद चालिसेको स्वागत मन्तब्य र सह–सचिव बिर बहादुर बोहोरा क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।