भरत सापकोटा, विहुँ बागलुङ २०७५ पुस २७ । अमर माध्यमिक विद्यालय बिहुँले जुनियर राष्ट्रिय सेवा दलको तालिम तथा खेलकुदमा उकृष्ट प्रदशन जारी जुनियर नेपाल राष्ट्रिय सेवा दलको जिल्ला बाहिरको २१ दिने तालिम निस्किएको अमर माध्यमिक विद्यालयले महोत्तरीको वर्दिवासमा सञ्चालित अन्तर विद्यालय स्तरीय पुरूष भलिबल प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेको छ ।
भलिबल प्रतियोगितामा सहभागी १५ विद्यालय मध्ये आज भएको फाईनल खेलमा अमर माध्यमिक विद्यालयले ज्ञानज्योती नमुना माध्यमिक विद्यालय लमजुङलाई ३ सेट आफ्नो खातामा पारी प्रथम पुरस्कारको उपाधी प्राप्त गरेको जानकारी प्राप्त भएको छ ।
त्यसैगरी आजै सञ्चालन गरिएको छात्रा फुटबल प्रतियोगितामा यस विद्यालयले तृतीय स्थान हासिल गरेको छ । त्यसै गरि आज सञ्चालन भएको ८०० मिटरको छात्रा दौड ३ मिनेट १७ सेकेन्डमा पूरा गरि प्रथम स्थान हासिल गरेको छ । १००० मिटरको छात्र दौड ३ मिनेट ४सेकेन्ड मा पुरा गरि तृतीय स्थान प्राप्त गरेको जनाईएको छ। नेपाली सेनाद्वारा सञ्चालित यस जुनियर नेपाल राष्ट्रिय सेवा दलको ४५ औँ व्याच तालिम अन्तरगत ७९ दिनको तालिम विद्यालयमा सम्पन्न गरी २१ दिने तालिम लिन जिल्ला वाहिर गएको यस बिद्यालय बाट १८ छात्रा र १८ छात्र सहित विद्यालयका शिक्षिका सरस्वती वि क र २ तालिम प्रशिक्षक सहित ३९ जनाको टोली गत पुस २१ गते महोत्तरीको वर्दिवास प्रस्थान गरेको थियो ।
सो तालिम माघ १४ गतेसम्म सञ्चालन हुने शिक्षिका सरस्वती वि क ले जानकारी दिईएकी छिन। गत साल पनि यस विद्यालयमा सञ्चालित जुनियर नेपाल राष्ट्रिय दलको तालिम सञ्चालन गरिएको थियो । त्यस तालिम नवलपुरको हात्ती खोरमा २१ दिने संचालन मा सहभागि यस अमर माध्यमिक विद्यालयले भलिवल तर्फ प्रथम पुरस्कार र १ माईल ९१६०० मिटर ०को दौडमा जुनियरतर्फ नेपाल राष्ट्रिय सेवा दलको रेकर्ड ५ मिनेट ४० सेकेन्डको पुरानो रेकड तोड्दै ५ मिनेट १७ सेकेन्डमा पुरा गरी प्रथम स्थान हासिल गरेको थियो । तालिम पश्चात् विद्यार्थी , तालिममा सहभागी शिक्षिका र तालिम प्रशिक्षक ज्यूहरूलाई औपचारीक कार्यक्रम गरि सम्मान गर्ने योजना रहेको विद्यालयका सूचना अधिकारी दामोदर पौडेलले वताए ।