Sorry, that menu does not exist.
 

आजको तस्वीर : जैमिनी महोत्सव दोश्रो दिनको आकर्षण !

शव्द/चित्र : सन्ध्या आचार्य

कुस्मीसेरा,(बागलुङ) २०७५ पुस २८ । कुस्मीसेरामा पुस २७ गतेदेखी सुरु भएको ‘प्रथम जैमिनी महोत्सव-२०७५’ को दोश्रो दिन शनिवार शैक्षिक प्रदर्शनी, कृषी तथा स्थानिय हस्तकला प्रदर्शनी, जैमिनी नगरपालिका वडा नं ६ अर्जेवाको कौडा नृत्य लगाएत बिभिन्न कलाकारका सांस्कृतिक प्रस्तुती जारी रहेको छ भने अन्य प्रतियोगितात्मक खेल तथा कार्यक्रमहरुपनि चालु छ ।

नेपाली काँग्रेस महासमिती सदस्य भीम श्रीसको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा दर्शक आउने क्रम जारी छ । महोत्सवमा रमाईलो मेला सहित कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, स्थानीय कलाको प्रदशर्नी र बिभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गरिएको छ । जैमिनी क्षेत्रमा लोकप्रिय रहेको सोरठी र सालैजोलाई महोत्सवको प्रमुख आकर्षणको रुपमा प्रस्तुत गर्न लागिएको छ ।

महोत्सवमा प्रथम मेयर कप भलिवल प्रतियोगिता, दोस्रो जैमिनी डान्स आईडल प्रतियोगिता, खुल्ला भजन प्रतियोगिता, व्याडमिन्टन प्रतियोगिता र प्रदेशस्तरीय दोहोरी थित प्रतियोगितो आयोजना गरिने आयोजकले बताएका छन् ।

जैमिनी- ७ अर्जेवाको कौडा समुह

आज महोत्सवमा ल्याईएको ९० केजी तौलको बोको दर्शकहरुको आकर्षणको केन्द्र बनेको छ । जैमिनी नगरपालिका-९ पैयुुँथन्थापका किसान देवी प्रसाद सुवेदीको जमुनापार जातको स्थानीय बोका र ऐ निवासी किसान टंक थापाको ५५ केजीको बोको हेर्नेहरुको घुँईचो लागेको छ । कृषि प्रदर्शनीमा राखिएका बन्दा/काउली ८ केजी तौल सम्मका छन् ।

महोत्सवको मुल समारोह आगामि माघ १ गते उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेकोे छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply