Sorry, that menu does not exist.
 

ढोरपाटनका दुग्ध उत्पादक कृषकहरुले दुध संकलन र व्यवस्थापन केन्द्र सञ्चालन गर्ने !

छविलाल पाण्डे बुर्तिबाङ २०७५ पुस २९ । ढोरपाटन नगरपालिका अन्र्तगत रहेका दुग्ध उत्पादक कृषकहरुले आफनै दुग्ध पसल
सञ्चालन गर्ने भएका छन् ।

पछिल्लो समय दुध उत्पादन तर्फ कृषहरुको आर्कषण बद्दै जाँदा आफुले उत्पादन गरेको दुध आफै बजारी करण गर्ने उदेश्य सहित स्थानिय ४३ जना कृषकहरुको एक समुह गठन गर्दे आगामि माघ पहिलो सातादेखि बुर्तिबाङमा दुध डेरी सञ्चालन गर्ने गरी आवस्यक तयारी भइरहेको ढोरपाटन दुग्ध उत्पादक कृषक समुहका अध्यक्ष कृष्ण कंडेलले बताए ।

हाल नगरपालिका अन्तर्गतका कृषकहरुले दैनिक ३ सय देखि ३ सय पचास लिटर दुध बुर्तिबाङ बजारमा ल्याउँदै गर्दा आफुहरुले उत्पादन गरेको दुध सिधै व्यवसायी देखि ग्राहक सम्म पुर्याउने उदेश्य सहित आफुहरुले यस्तो अभियान थालिएको कंडेलले बताए ।

कृषकहरुको भेलाले ११ सदस्यिय कार्यसमितीको गठन गर्दे बजारमा दुध बिक्री केन्द्र सञ्चालन गर्नका निम्ती आवश्यक तयारी गरीरहेको र नगरपालिकामा पर्म दर्ता गरेर माघ महिनादेखिनै आफुहरुले पसल सञ्चालन गर्ने बताए । उनिहरुका अनुसार पसलमा दुई जना कर्मचारी राखेर दुध संगै मिठाइका परिकार समेत बनाउने गरी तयारी गरिएको बताईएको छ ।

दुध बिक्री नभएर खेर नजाओस भन्नका निम्ती ढोरपाटन नगरपालिकामा दुध चिस्यान केन्द्र र मिल्क एनलाइजर मेशिन माग गरीएका कारण उक्त मेशिन प्राप्त भएसंगै दुधको व्यवस्थापन सहज तवरले हुने समिती अधयक्ष कंडेलले बताए ।

हाल बुर्तिबाङमा ३ वटा दुध डेरी सञ्चालनमा छन् । बजारमा ढोरपाटन नगरपालिकाको वडा नं १ भव्रेटा, २ को सेरा, रिनाम, कुत्थाप्ला, सलामकोट, खल्बाङ, अर्नाक, वडा नं ३को पुर्काट, ४ को खुंगा छोरेगाउँ, ५ को अधिकारीचौर, नाथुरी र वडा नं. ६ को सहिखोला लगाएतका क्षेत्रबाट कृषहरुले दुध बिक्रीका निम्ती डेरी तथा आफना ग्राहक सामु ल्याउने गरेका छन् ।

बजारमा आउने दुधको मुल्यमा एकरुपता ल्याउने र शुद्ध दुध ग्राहक सम्म पुर्याउने, खपत हुन नसकेको अवस्थामा बाहिरी जिल्ला सम्म दुध पठाउने गरी आफुहरुले समुह गठन गरेर अगाडी बढिएको कंडेलको भनााई छ ।

पछिल्लो दुई बर्षमा नगरपालिका भित्रका ५० बढी कृषहरुले गाई भैंसी पालेर व्यवसायिक रुपमा दुध उत्पादन र बजारीकरणमा जुटेका छन् । जसमा ४३ जना कृषक समुहमा आवद्ध छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply