मृतक १ जनाको सनाखत हुन बाँकी, घाईतेहरुकाे अवस्था र कसको कहाँ उपचार हुँदै विवरण सहित !
निर्मल पौडेल, पर्वत २०७५ माघ ३ । म्याग्दी सदरमुकाम बेनी बजार देखी नारायणगढ जाँदै गरेको बस कुस्मा नगरपालिका वडा नं. १ मालढुंगामा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका घाईतेहरु मध्य धौलागिरी अन्चल अस्पतालमा ल्याउदा ल्याउदै २ जना र उपचार सुरु गर्दा २ जना घाईतेको मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।
ग१ख ६१०८ नम्वरको बस विहान साढे ८ बजे दुर्घटना भएको हो । दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ३३ जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बस सडक देखि करीब ६० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताए ।
अहिले जिल्ला प्रहरी कार्यालय पर्वत र बागलुङको टोलीले घाईतेहरुको उद्धार गरी जिल्ला अस्पताल पर्वत र धौलागिरि अञ्चल अस्पताल बागलुङ पठाएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्राप्त जानकारी अनुसार मृतकहरु मध्य ४ महिला र ३ पुरुष रहेका छन । हालसम्म सनाखत भएका मृतक मध्य म्याग्दी पाखापानी २ का २१ वर्षिय राजेश पुन, बागलुङ नगरपालिका ४ कुँडुलेकी वर्ष ४१ की शान्ति देवी केसी, पर्वत जलजला गाउपालिकाकी वर्ष ४०की सेती परियार र निजको श्रीमान टिके परियार सहित ४ जनाको सनाखत भएको छ भने २ पुरुष र १ महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । केहि घाईतेहरुलाई थप उपचारार्थ हेलिकप्टरबाट अन्यत्र लगिएको पनि प्रहरीले जानकारी दिएको छ ।
गम्भीर घाईतेहरुलाई थप उपचारका लागी पोखरा रिफर गर्ने तयारी भएको धौलागिरी अन्चल अस्पताल श्रोतले जनाएको छ ।
मृतकहरू
दुर्घटनामा घाईते भएका ३४ मध्ये १७ जना गम्भीर छन् ।बस सडकबाट तल खस्दा ठुला ठुला ढुंगामा ठोक्किदै झरेका कारण घाइते हुनेको संख्या बढी रहेको प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।घाईते मध्ये २० जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ भने गम्भीर चार जनालाई हेलिकप्टर मार्फत पोखरा नै लगिएको छ ।अन्यको बागलुङमै उपचार भैरहेको प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । साघुँरो बाटोमा तीब्र गतिका कारण बस सडकबाट झण्डै दुई सय मिटर तल कालीगण्डकी नदीमा खसेको प्रहरीले जनाएको छ ।
घटना स्थलमा मृत्यु भई १०.१५ बजे जिल्ला अस्पताल पर्बतमा ल्याईएका मृतकहरू:-
१)जिल्ला म्याग्दी पाखापानी २ म्याग्दी बस्ने बर्ष २१ को राजेश पुन ।
२)जिल्ला पर्बत जलजला गा.पा.७ बस्ने बर्ष अ.५०र५५ कि अमिसरा पुन ।
३) अन्य १ जना पु को नामथर नखुलेको ।
अञ्चल अस्पताल बागलुङमा उपचारको क्रममा मृतकहरू:-
१)जिल्ला पर्बत जलजला गाउँपालीका वडा नम्बर ८ बस्ने बर्ष अ. ४० की सेती परीयार
२) ऐ ऐ बस्ने निजको श्रीमान बर्ष ५० को टिके परीयार । ३) जिल्ला बागलुङ बागलुङ न.पा ४ कुडुले बस्ने बर्ष ४८ की शान्तीके सी । १०५० मा मृत्यु । ४) जि पर्वत जलजला ७ बस्ने वर्ष २२ को जिवन विक घाईतेहरु:-
१) जिल्ला कालिकोट महावल गापा ४ बस्ने बर्ष ५२ को राज बहादुर सिह ।;- छाउनी अस्पताल रीफर ।
२) जिल्ला पर्वत जलजला गापा ८ बस्ने बर्ष १३ को बिक्रम रेग्मी । मणिपाल पोखरा रीपर ।
३) ऐ.ऐ. बस्ने बर्ष ३१ कि कमला रेग्मी । मणिपाल अस्पताल पोखरा रीफर ।
४) ऐ.ऐ. बस्ने बर्ष नखुलेको कुशल रेग्मी ।मणीपाल अस्पताल पोखरा रीफर ।
५) जिल्ला कास्की पोखरा ३३ बस्ने बर्ष ४० कि लक्ष्मी बोहरा ।मणिपाल अस्पताल पोखरा रिफर ।
६) ऐ.ऐ. बस्ने बर्ष ११ कि दिपिका बोहरा । मणिपाल अस्पताल पोखरा रीफर ।
७) जिल्ला म्याग्दी बेनी नपा ८ बस्ने बर्ष ६३ को लक्ष्मी प्रसाद बिक ।;- छाउनी अस्पताल रीफर ।
८) जिल्ला कास्की अन्नपुर्ण गापा ४ बस्ने बर्ष २८ कि चन्द्रा आचार्य । मणिपाल अस्पताल पोखरा रीफर ।(आमा)
९) ऐ.ऐ. बस्ने बर्ष ३ को संकल्प पौडेल;- मणिपाल रिफर । ( छोरा )
१०) जिल्ला पर्वत जलजला ७ बस्ने बर्ष ३९ की बिसमाया पुन ।मणिपाल रीफर ।
११) जिल्ला म्याग्दी बेनपा ७ बस्ने बर्ष ६७ को टेकनाथ पौडेल । (डाईनेष्टिक एयरको हे.क. बाट ग्रान्डी अस्पताल काठमान्डौ रिफर ।
१२) जिल्ला पर्वत कुश्मा नपा ९ बस्ने बर्ष ३५ को तिलक पराजुली ।मणिपाल अस्पताल पोखरा रीफर । (चालक)
१३) जिल्ला पर्वत जलजला ७ बस्ने बर्ष ५२ को उद्बिर तिलिजा ।मणिपाल अस्पताल पोखरा रीफर ।
१४) जिल्ला चितवन लङपुर बस्ने बर्ष ४५ को रोहीडी प्रसाद चापागाई ।;- छाउनी अस्पताल रीफर ।
१५) जिल्ला म्याग्दी बेनी नपा ७ बस्ने बर्ष ६८ को टेक बहादुर पुन ।मणिपाल अस्पताल पोखरा रिपर ।
१६) ऐ. ऐ. बस्ने बर्ष ६३ कि मन्दिरा पौडेल ।डाईनेष्टिक एयरको हे.क. बाट ग्रान्डी अस्पताल काठमान्डौ रिपर ।
१७) ऐ.ऐ.बस्ने वर्ष ५६ की हेमकला रेग्मी ।मणिपाल रीफर ।
१८) ऐ.ऐ. बस्ने बर्ष ६३ कि सुन्दरी पौडेल ।मणिपाल रीफर ।
१९) जिल्ला पर्वत जलजला ७ बस्ने बर्ष २२को कमल पौडेल ।:- मणिपाल रीफर ।
२०) ऐ.ऐ. बस्ने बर्ष नखूलेको बालकृष्ण पौडेल ।;-मणिपाल रिफर ।
२१) जिल्ला चितवन भमनपा ४ बस्ने बर्ष ५६ कि पुर्णकला बस्नेत ।;- मणिपाल रिफर ।
२२) जिल्ला पर्वत बस्ने बर्ष ४१ को राजन सापकोटा ।मणिपाल रीफर ।
२३) जिल्ला धादिङ बर्ष ५५ को मान बहादुर गुरूङ ।:-मणीपाल रीफर ।
२४) जिल्ला पर्वत जलजला ८ बस्ने बर्ष २७ को देवीलाल नेपाली ।मणिपाल रीफर ।
२५) ऐ.ऐ. बस्ने बर्ष २७ को दिपक परियार । मणीपाल रीफर ।
२६) ऐ.ऐ. बस्ने बर्ष ४२ को कृष्ण पौडेल ।छाउनी अस्पताल काठमान्डौ रिफर (बावु )
२७) ऐ.ऐ. बर्ष ३०कि लक्ष्मी पौडेल :- ऐ;११.३५ मा हे.क.द्धारा पोखरा मणिपाल रिफर ।अबस्था सिरियस( आमा)
२८) ऐ.ऐ. बस्ने बर्ष ७ को प्रमाण पौडेल ।छाउनी अस्पताल काठमान्डौ रीफर ।(छोरा)
२९) जिल्ला चितवन मुहान बस्ने बर्ष ९ कि प्रवेशिका पौडेल। :- छाउनी अस्पताल काठमान्डौ रिफर ।(छोरी )
३०) ऐ.ऐ. ५ बस्ने बर्ष ३५ कि तुलसी सुवेदी । मणिपाल रीफर ।
३१) जिल्ला बागलुङ जैमिनी नपा ४ बस्ने बर्ष १६ को अमिर क्षेत्री ।:- बागलुङ अस्पतालमा उपचार भई रहेको। ( सह चालक)
३२) जिल्ला म्याग्दी बेनी न.पा. ८ संगमचोक बस्ने दिपेन्द्र बि.क.;- छाउनि अस्पताल रिफर ।
छाउनी अस्पतालमा ७ जना अबस्था गम्भीर
२२ जना मणिपाल अस्पताल पोखरामा उपचार भई रहेको ।
२ जना ग्रान्डी अस्पताल काठमान्डौमा ।अबस्था गम्भीर । १ जना अन्चल अस्पताल बागलुङमा, अबस्था मध्यम