Sorry, that menu does not exist.
 

लावाङ प्राथमिक बिधालय ताराखोलाको २१ औं बार्षिकोत्सब सम्पन्न !

पूर्णभद्र निउरे, ताराखोला २०७५ माघ ३ । लावाङ प्राथमिक बिधालय तारा को २१ औ बार्षिकोत्सब तथा अभिभावक दिवस हालै सम्पन्न भएको छ । बार्षिकोत्सबको समापन समरोहलाई सम्बोधन गर्दै ताराखोला गाउँपालिका सामाजिक बिकास समितिका संयोजक तथा वडा न ४ का अध्यक्ष जित बहादुर खत्रीले सामुदायिक बिधालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न शिक्षामा जनसहभागिता बढाउनु पर्ने कुरामा जोड दिए । उजले शिक्षक अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धबाट मात्र बिद्यालयको समग्र पक्षको बिकास हुने बताए । कार्यक्रममा बिद्यालयका प्रअ पोक बहादुर घर्ती मगरले बिद्यालयको प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए भने नेपाल माबि ताराका प्र अ थम प्रसाद रोका , युवा बर्ष प्रा बि का प्र अ पूर्णभद्र निउरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बार्षिकोत्सब पुस २९ देखि माघ १ गते सम्म ३ दिन बिद्यालयका आन्तरिक कार्यक्रम संगै स्व रण बहादुर घर्ती र मन बहादुर खत्रीको स्मृतिमा विभिन्न प्रतियोगितात्मक बाल कार्यक्रमहरु सप्पन्न गरिएको बिद्यालयले जनाएको छ । जस अन्तरगत सामाजिक बिकृती नियन्त्रणमा बिद्यार्थीको भुमिका बिषयक मा बि तहको बक्तृत्वकला प्रतियोगितामा दुर्गा भवानी मा बि तारा कि रेजिना रोका प्रथम र नेपाल मा बि तारा की सुस्मिता थापाले व्दितिय स्थान हासिल गरेका छन ।

त्यसै गरि आधारभूत तहको छात्र भलिबल मा नेपाल मा बि तारा को समूह ब् प्रथम र दुर्गा भवानी मा बि ताराको समूह ब् दित्तिय भएका छन ।

१३ समुहको सहभागीता रहेको प्रा बि स्तरिय हाजिरी जवाफ प्रतियोगिता मा लावाङ प्रा बि प्रथम मालारानी आधारभुत बिधालय दित्तिय र दुर्गा भवानी मा बि ताराले तृतिय स्थान हासिल गरेका छन । महिला अभिभावक बिचको म्युजिकल चियर प्रतियोगितामा हरिकला घर्ती प्रथम , रुपि पुन दित्तिय र भबी घर्ति तृतीय भएको बिधालय का शिक्षक लालबहादुर खड्काले जानकारी दिए । कार्यक्रम बिधालय ब्याबस्थापन समितिका अध्यक्ष कुल बहादुर खत्री को अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply