पूर्णभद्र निउरे, ताराखोला २०७५ माघ ५ । ताराखोला गाउपालिका को आर्थिक सहयोग वडा न ४ मा पर्ने धार्मिक तथा पर्यटकीय स्थल तिनचुलेमा आज एक कार्यक्रमका बिच सोलार जडान गरिएको छ।
म्याग्दी र बागलुङ को सिमानामा पर्ने धार्मिक स्थल तिनचुलेको मन्दिर परिसरमा सोलार हस्तान्तरण कार्यक्रममा बोल्दै ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले गाउँपालिका भित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको बिकासका लागि गाउँपालिका सधै प्रयत्नशील रहने बताए । उनले आगामी दिनमा तिनचुलेमा अन्य आबश्यक पुर्बाधारको बिकासका लागि पहल गर्ने समेत बताए ।
यस आर्थिक बर्षमा तिनचुले सङ्गै ताराखोला गाउँपालिकाको गाइघाट झरनामा पनि सोलार जडान गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीकय अधिकृत तोपलाल भुसालले जानकारी दिए । कार्यक्रममा वडा न ४ का वडा अध्यक्ष जित बहादुर खत्री, ने क पा का नेता धन बहादुर खत्री लगायतले मन्तव्य राखेका थिए । २९६५ मिटर उचाईमा रहेको तिनचुलेमा प्राकृतिक पोखरी सङ्गै शिव मन्दिर हुमखाडी तपस्वी आश्रम आदि रहेका छन भने त्यहाबाट सुन्दर हिमसृखलाहरु , म्याग्दी र बागलुङका विभिन्न भुभागहरु सहजै दृश्याबलोकन गर्न सकिने वडा न ४ का वडा सदस्य ओम बहादुर घर्तीले बताए ।
विभिन्न घार्मिक आस्था र बिश्वासका साथ उक्त स्थानमा विभिन्न समयमा थुप्रै तपश्बिहरुले पुजा आजा सङ्गै तपस्या गर्ने गरेको सो मन्दिरमा अहिले पनि ८६ बर्षिय वृद्ध तपस्वी बाबा रमानन्द कडेल बस्ने गरेको तिनचुले संरक्षण समितीका अध्यक्ष सम्मर बहादुर भण्डारीले जानकारी दिए ।
हस्तान्तरण कार्यक्रम तिनचुले संरक्षण समितीका अध्यक्ष सम्मर बहादुर भण्डारीको अध्यक्षता र सन्चारकर्मि पूर्णभद्र निउरेको संचालनमा सम्पन्न भएको थियो।