Sorry, that menu does not exist.
 

ढोरपाटन – ३ मा ६ महिने एकीकृत शत्रुजीव व्यवस्थापन कृषि पाठशाला स्थापना !

सुमन सुनार, बुर्तिवाङ २०७५ माघ ५ । ढोरपाटन नगरपालिकाको वडा नं. ३ मा ६ महिने एकीकृत शत्रुजीव व्यवस्थापन (आई.पि.एम) कृषि पाठशाला स्थापना गरिएको छ । ढोरपाटन नगरपालिकाव्दारा वालीमा लाग्ने रोग किराको नियन्त्रण, रासायनिक मल तथा रासायनिक विषादीको प्रयोग घटाउने, परम्परागत रुपमा कृषि गर्दै आएका कृषकहरुलाई व्यवसायिक बनाउने र उनिहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले एकीकृत शत्रुजीव व्यवस्थापन (आई.पि.एम) कृषि पाठशाला स्थापना गरिएको हो ।

सो अवसरमा शत्रुजीव व्यवस्थापन र मित्रजीवको संरक्षणबाट तरकारी खेती गर्ने र बजारमा रहेका विभिन्न रासायनिक मल र विषादीको न्यूनीकरणबारे सचेतना फैलाउने उद्देश्यले नगरपालिकाका प्रत्येक वडामा पाठशाला स्थापना गर्ने योजना रहेको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलले बताए ।

रासायनिक विषादी प्रयोग बढदै गइरहेको अवस्थामा स्वच्छ बाली उत्पादन गर्न, घरेलु जडीबुटीबाट बनाइएका विषादीको प्रयोगमा प्रोत्साहन गर्न र किसानलाई नियमित रूपमा आफ्नो खेतबारीको अवलोकन गर्ने बानीको विकास गर्न पनि पाठशालाले महत्वपुर्ण भूमिका खेल्ने प्रमुख प्रशासकीय अधिकृत पोखरेलको भनाई छ । कृषि क्षेत्रको विकासका निम्ती ढोरपाटन नगरपालिकाले विषेश कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनाएको प्रमुख प्रशासकिय अधिकृत पोखरेलले बताए ।

वडा नं. ३ को चुरेलाबास केराबारीमा स्थापना गरिएको उक्त पाठशाला आगामी ६ महिना सम्म सन्चालनमा रहने बताइएको छ । पाठशालामा विशेष गरी करेला, लौका र घिरौँलाको नर्सरी राख्ने देखि उत्पादन र बजारीकरण सम्मको ज्ञान कृषकहरुलाई दिईने ढोरपाटन नगरपालिका अन्तर्गत कृषि शाखाका कृषि प्राविधिक महेन्द्र अधिकारीले जानकारी दिए । व्यवसायिक र निर्वाहमुखी गरी करिव २५ जना भन्दा बढि कृषकहरुको सहभागिता रहेको पाठशालामा साप्ताहिक रुपमा प्रत्येक शनिबारका दिन प्रत्यक्ष कृषि प्राविधिकहरुको संलग्नतामा कृषकहरुलाई जानकारी हुने गरी प्राविधिक सल्लाह सहितको छलफल हुने कृषि प्राविधिक अधिकारीको भनाई छ ।

पाठशालामा सहभागी कृषकहरुलाई वालीनाली लगाउने तरिका, रोग किराको नियन्त्रण गर्ने तरिका, रासायनिक मल र बिषादीको प्रयोगले जमिन र मानव स्वास्थ्यमा पर्ने असर, घरेलु बिषादी उत्पादन एवं प्रयोग गर्ने तरिका, जैविक मलको बारेमा जानकारी, फल टिप्ने तरिका, फलको व्यवस्थापन र फल टिपिसकेपछि बोटको व्यवस्थापन लगायतका विषयमा जानकारी दिने गरिएको उनले बताए ।

त्यसैगरी कृषकहरुले आफ्नो बारीमा लगाएको बालिनाली तथा फलफुलमा देखिएको समस्या पठशालामा लिएर जाने र प्राविधिकहरुले समाधान गरिदिनुका साथै उनिहरुलाई समाधानको उपाय सिकाउने गरेको कृषि प्राविधिक अधिकारीको भनाई छ ।

पाठशालाका क्रममा किसानहरुले कृषि प्राविधिकको सल्लाह अनुसार लगाएको बालीको तुलनात्मक अध्यायन गरेर उत्कृष्ट कृषकलाई सम्मान समेत गरिने उहाँले बताउनुभयो । स्थानिय स्तरमा मल र बिषादीको उत्पादन, व्यवस्थित तरिकाले खेती गर्ने विधिको प्रयोगात्मक अभ्यासले किसानहरुको क्षमता अभिबृद्धिका साथै कृषि क्षेत्रको विकासमा समेत सहयोग पुग्ने अधिकारीको भनाई छ । सिप र ज्ञानको अभावमा कृषि सम्बन्धि विभिन्न समस्या झेल्दै आएका कृषकहरुको बारीमा पुगेर कृषि प्राविधिकले तालिम दिन थालेपछि कृषकहरु निकै हर्षित बनेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply