दधिराम खनाल, गुल्मी २०७५ माघ ६ । आध्यात्मिक दृष्टिले अति महत्वपुर्ण मानिने गुल्मी जिल्लाको मदाने र धुर्कोट गाउपालिकाको सङगम स्थलमा पर्ने असकुना एक महत्त्वपूर्ण धार्मिक तिर्थस्थल हो । यस तिर्थस्थललाई दोस्रो स्वर्गद्वारी धामको रुपमा समेत मानिदै आईएको छ ।स्वर्गद्वारीका महाप्रभु हसानन्द विभिन्न समयमा यश क्षेत्रमा आई स्नान तथा पुजापाठ गर्ने हुनाले यस क्षेत्रलाई धार्मिक महत्त्वको रुपले हेर्ने गरिन्छ । त्यसैले यहाँ माघे सक्रान्ती शिवरात्री, वालचतुरदशीमा बिशेष मेला लाग्ने गर्दछ ।
पनाह खोलको काखमा रहेको यश क्षेत्रमा गुल्मी जिल्लाका भन्भने,वाग्ला,धुर्कोट बस्तु रजस्थल ,हाडहाडे लगयत छिमेकी जिल्ला कपिलवस्तु प्युठान,अर्घाखाँचीबाट धेरै दर्शनार्थी आउने गर्दछ्न। यहाँ भगवान शिवजी र पद्मावतीको पुजा गर्नाले मनोकामना पूरा हुने धार्मिक विस्वास छ ।
घोतघोते असकुनाको मुख्य केन्द्र हो । यो ठाउँ पचास मिटर क्षेत्रफलभित्र साघुरिएर अबिरल रुपमा सिङ्गो पद्मावति नदी बगिरहेको ठाउँ हो जहाँ कलकल ध्वनिकासाथ कालिमामय ओढार र पहराहरु खडा भएका छन। उक्त पहरा र ओढारले आफ्नो काखमा असंख्य नाग नागिनिका चित्रहरु ,भगवान विण्णु र शिवका प्रतीक साथै राधा लक्ष्मी ,सरस्वती दुर्गा, गणेश कुमार आदि देवताका प्रतिमुर्ती प्रतिबिम्बित भएको पाइन्छ ।
कतै कतै गाईको थुनहरु बाट पाषाण लिङ्गमा जलधारा वर्षेको देखिन्छ भने कतै नर्तकिहरुले नृत्य गरेको देखिन्छ त कतै पहरामा धर्साधर्सा परेका बिचबिचमा गोलाकार पारदर्शी पत्थर टल्किएका देखिन्छ ।अस्कुना धार्मिक आस्थाले मात्र नभै प्राकृतिक दृष्टीले पनि मनमोहक रहेको छ । आफैमा महत्त्व बोकेको अस्कुना त्यसैमा स्वर्गद्वारी धाम सङग जोडीनुले पनि अझै धार्मिक बिश्वासले हेरिन्छ । त्यसो त महप्रभुलाई स्वर्गद्वारीमा र असकुनामा मात्र देख्न सकिन्थ्यो भन्ने किवदन्ती पनि रहेकोले असकुनाको धार्मिक महत्त्व अझ बढिरहेको छ । यो क्षेत्र धार्मिक स्थल मात्र नभै भाबी पुस्ताका लागि फलदायी पर्यटन क्षेत्रको रुपमा बिकास हुने देखिन्छ । धार्मिक र पर्यटनको हिसबले अति उत्तम क्षेत्र भयको हुँदा सरकारी र गैरसरकारी दुबै तहबाट यसको उन्नतिमा पाहिला चाल्नु अपरिहार्य दायित्व हो । परन्तु यो क्षेत्र अझै पनि प्रचार प्रससारको अभाबमा यो क्षेत्र ओझेलमा परेको छ ।सबै क्षेत्रबाट बिकासमा लाग्नु आवश्यक रहेको छ ।
प्रदेश ५ का सासद दिनेश पन्थीले असकुना क्षेत्रको पर्यटन बिकासको लागि पहिलो प्राथमिकतामा राखिने बताएका छन । यस्तै धुर्कोट गाउपालिकाका अध्यक्ष भुपाल पोख्रेलले त्यस क्षेत्रको भौतिक तथा पर्यटन बिकासमा आफुहरुले सहयोग गर्ने बताएका छन ।
साथै दोस्रो स्वोर्गद्वरीको रुपमा बिकास गर्न असकुना धार्मिक तथा पर्यट्किय बिकास समिती गठन गरि आफू हरु अगाडि बढेको समितिका अध्यक्ष मुरलिधर शर्माले जानकारी दिए ।
मेलामा धुर्कोट गाउपालिकाका उपाध्यक्ष शिव बहादुर खत्री, मदाने गाउपालिकाकी उपाध्यक्ष सरिता खड्का , धुर्कोट र मदानेका प्रशासकिय अधिकृत मधु घिमिरे र सुरेश भण्डारी, वाग्ला ,रजस्थल र भनभनेका वडा अध्यक्ष हिमप्रसाद पन्थी कृष्ण नेपाली काशिबहादुर बोहरा आध्यात्मिक जागरणका केन्द्रिय अध्यक्ष अर्जुन अर्याल लगायतको उपस्तिथि थियो भने नारायण पौडेलको संचालन रहेको थियो ।