बागलुङ २०७५ माघ ६ । बागलुङ नगरपालिका भकुण्डेमा रहेको चौतारे डाडा माध्यमिक विद्यालयमा एक दिने सकारात्मक सोच,उत्प्रेरणा र पठन संस्कृति (अध्ययन संस्कृति ) अभिवृद्धि गरि व्यक्तित्व विकास गराउने उद्धेश्यले अभिभावक,शिक्षक र विद्यार्थीहरुको लागि अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यार्थीहरुमा घटदो पठन पाठन संस्कृतिलाई बढाउनको लागि र व्यक्तित्व विकास गर्नलाई जागरण वढाउनको लागि जन ज्योति आधारभुत विद्यालय तमानखोला गाउँपालिकाको विद्यालयमा सम्पन्न भएको छ । सो विद्यालयको कक्षा ६,७ ,८,९ र १० का ४५ जना विद्यार्थीहरुको लागि अनुशिक्षण तथा सहजीकरण भएको थियो ।
विद्यार्थीहरुमा सकारात्मक सोच विकास गर्ने,पठन संस्कृतीको विकास गर्न उत्प्रेरणा गराउने उद्धेश्यले एक दिने प्रशिक्षण कार्यक्रमको सहजीकरण तमानखोला गाउँपालिकाका लेखापाल तथा बागलुङ नगरपालिका भकुण्डे निवासी याम बहादुर थापाले सम्पन्न गरेका थिए ।
शिवालय आधारभुत विद्यालय भकुण्डेको अनुशिक्षणमा बागलुड नगरपालिका वडा नं. १० वडा सदस्य तथा चौतारे डाडा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण शर्मा, शिक्षक अभिभावक संघका अध्यक्ष तथा भैरव माध्यमिक विद्यालय भकुण्डेका पूर्व सेवा निवृत शिक्षक स्थानीय बुद्धिजिवी श्री धनी प्रसाद शर्मा, भैरव माध्यमिक विद्यालय भकुण्डेका पूर्व प्रध्यानापक तथा बुद्धिजिवी विष्णु प्रसाद शर्माको उपस्थिति रहेको थियो । प्रध्यानापक डम्मर बहादुर थापा मगर,शिक्षकहरुमा तारा प्रसाद शर्मा, विरेन्द्र कुँवर, पहलसिंह थापा, नविन सिंह थापा,खडक बहादुर थापा र शिक्षिकाहरु सरस्वती शर्मा,राधिका शर्मा, विष्णु माया थापा,खुमाया घर्ती, देउमाया थापाको समेत सहभागीता रहेको थियो ।
यस भन्दा अगाडी शिवालय आधारभुत विद्यालय भकुण्डे, मगला आधारभुत विद्यालय बोगाखानी, खोलेस्वाङ आधारभुत विद्यालय,बोगादोभान, विष्णु आधारभुत विद्यालय नर्जाखानी, हिल साइड बोर्डिङ स्कुल तमान,शान्ति माध्यमिक विद्यालय खुंखानी, जनजागृति माध्यमिक विद्यालय,बोगादोभान, धनगौ ज्योति माध्यमिक विद्यालय तमान, प्रकाश माध्यमिक विद्यालय खुंगा,त्रिभुवन माध्यमिक विद्यालय खरवाङमा अध्ययन संस्कृति विकास गर्न, अनौपचारिक शिक्षा हासिल गर्नको लागि उत्प्रेरणामुलक अभियान थालनी गर्न प्रशिक्षण गरेका थिए ।
प्रशिक्षणमा स्थायी साथी किताब बनाउनु पर्ने,पुुस्तकालयमा अध्ययन गर्ने बानीको विकास गर्ने, अध्ययन गर्न लागेको विद्यालयको पोशाकमा अनिवार्य फोटो खिचेर फेसबुकमा अपलोड गर्ने,जन्म दिवस,नयाँवर्ष,दशै तिहारमा पुस्तक उपहार दिने संस्कारको विकास गर्ने,वाक कलाको विकास गरी व्यक्तित्व विकास निर्माणमा ध्यान दिने,दया लाग्दो जिवन शैली नभई डाह लाग्दो जिवन शैली अपनाउनको लागि संघर्षशील जिवनयापन गर्ने, खोज अनुसन्धानमुलक अध्ययनमा निरन्तर लागि पर्ने जस्ता विभिन्न शैलीको अनुशीक्षण गरिएको थियो ।
आगामी दिनमा बागलुङ जिल्लाका नगरपालिका तथा गाउँपालिका सँग समन्वय गरी जिल्ला भरीका विद्यार्थीहरुलाई समेत सकारात्मक सोच,उत्प्रेरणा तथा अध्ययन संस्कृतिको विकास र विस्तार गर्न प्रशिक्षण कार्यक्रम गरिने योजना समेत रहेको छ ।
तमानखोला गाउँपालिकाका लेखापाल तथा सहजकर्ताले आफुले विगत वर्षहरुमा सकारात्मक सोच, उत्प्रेरणा,अध्ययन संस्कृति विकास गर्ने कार्यक्रमहरु बागलुङ बजार,भकुण्डे, पाला, तंग्राममा गरेकोले सो तालिममा सहभागीहरु लोक सेवा आयोगका परिक्षाहरुमा पास भै बृत्तिविकास गरेको जानकारी दिनु भयो । नोकरीको शिलशिलामा विगत तमानखोलाको गाउँ गाउँमा भ्रमण गर्दा जनचेतनाको स्तर न्युन भएको पाएकोले केही मात्रामा भएपनि राहत हुने किसिमले निशूल्क रुपमा सहजीकरण गरेको र आगामी दिनमा जिल्लाका सबै विद्यालयमा सम्पर्क हुन आएमा अनुशिक्षण गर्ने सोच रहेको समेत प्रशिक्षक याम बहादुर थापाले बताए ।