छलेर आँखा कति गर्छौ र मस्ती।
बिग्रीन्छ समाज अनि गाउँ बस्ती।।
गरेर भुल त्यो इज्जत गुमाउनु हुन्न,
दुनियाले नभनुन कस्तो असक्ती।।
ख्याल राख्नु बदनाम मेटेर मेटिन्न,
कालो लागेपछि जो सेतोमा कत्ती।।
भित्ताका पनि कान सधै खुल्ला छन,
दुष्कर्म कहिल्यै छोपिन्न बुझ एकरत्ती।।
***
नचाहिने कुरामा बल गर्नु हुदैन।
कसैले कसैलाई छल गर्न हुदैन।।
खेलाडीले नियमले खेल्नु पर्छ,
जानीजानी कुनै फल गर्नु हुदैन।।
राष्ट्र सेवक जनताको काम गर,
कर्तव्यलाई फेरबदल गर्नु हुदैन।।
घुस खाने र दिने देसका सत्रुहुन,
पटक्कै जोगाउने बल गर्नु हुँदैन।।
मान्छेको आआफ्नो इज्जत हुन्छ,
शंकाले कसैको बिचल्ली गर्नु हुँदैन।।
आआफ्नो बाटो आफैले तय गर्नुपर्छ,
अरुको बाटोमा छलफल गर्नु हुदैन।।
सकिन्छ सबैको राम्रो गर राम्रो सोच,
कसैको जीवनमा दखल गर्नु हुदैन।।
राम प्रसाद शर्मा
बाग्लुङ ।
२०७५ माघ ७ ।