भरत सापकोटा बागलुङ २०७५ माम ८ । काठेखोला गाउँपालिका वडा ६ ले कृषि निति तथा कृषि प्रोफाईल सार्बजनिक कार्यक्रम बिहुँमा संपन्न गरेको छ। उक्त सार्वजनिक समारोहमा सहभागि हुन बिहुँ आएका गण्डकी प्रदेश सांसद ईन्द्रलाल सापकोटाले कृषिक्रान्ति बाटै देश विकास संम्भव रहेकाले फुक्ला भाषण गरेर तेरो मेरो गर्ने दिन गएको बताउदै जहिले सम्म नेपाल सरकार र नेपालिहरु देशको माटो र कृषक हरु को महत्व बुझ्दैन त्यहिले सम्म देश विकाश हुन निक्कै कठिने हुने हुदा उर्वर भुमि र किसान हरु को सम्मान गर्नु पर्ने साथै कृषि उपजले नै देश विकासको महत्व पुर्ण हिस्सा ओगटेको बताउदै किसानहरु र माटो सम्मान गर्न सक्नुपर्ने बताए ।उने भने जतिसुकै ठुलो र फाईवस्टार होट बस्ने होस या चिल्ला कारमा गुड्ने या प्लेनमै सरर उढ्ने किन नहुन आखिर पौरख गर्ने किसान र त्यहि माटोको योगदान बिना कस्ले केहि गर्न नसक्ने जिकिर गर्दै सिहंदरबारको अधिकार गाउं गाउं भन्ने जुन नारा हो त्यो आज लागु भएको बताउदै कृषि प्रोफाईल हो या आधुनिक कृषि औजार बितरण त्यस्को लागि ईच्या शक्ति भए सिंहदरबार धाउनुपर्ने बाध्यता अन्त्य भएको यो वडा गरिएका जुन कृषि संबन्धि बिषय छन् ती सबै सहरानिय योग्य रहेकोले आगामि दिनमा यो कामले अझै निरन्तरता पाईरोखोस हाम्रो सहयोग जारी रहने समेत उनको भनाई थियो । सो अवसरमा प्रोफाईल तथा निति बारे जानकारी गराउदै वडा अध्यक्ष युक्तप्रसाद कडेंलले वडा ६का सबै भेगहरु कुन खेति कुन फलफुल रुन प्रजाति को लगाउने र कुन समय उपयुक्त हुने भन्ने संम्म यो प्रोफाईल भित्र समावेश गरिएकाले कृषकहरुलाई ढुक्क र निर्धक्क भएर कृषिकै माध्यमबाट यस वडाको आर्थिक विकास टेवा पुर्याउन आग्रह सेमत गरेका थिए।कडेंल ले भने प्राबिधिकहरु ल्याएरै हरेका भुभागको माटो परिक्षण संगै माटो उर्वर शक्ति का बिषय संमेत उक्त प्रोफाईलमा सामवेस गरिएको छ हाल सम्म यो वडामा दुध, सुन्तला ,अम्बा ,लगाएत कुखुरा पालन बाख्रा पालन जस्ता हरेक कृषिजन्य बस्तुहरुबाट बार्षिक ३ करोड भन्दा बेसि आम्दानि भित्रिने गरेको संमेत उल्लेख गरिएको थियो।
सो कार्यक्रम गाउंपालिका अध्यक्ष अमर थापा सबिधान संभाका पूर्व सदस्य नर बहादुर थापा कृषितथा बालि ज्ञान केन्द्र पर्वत नारायण शर्मा गाउंकार्यपालिका सदस्य टिका संगम बि क काठेखोला गाउंपालिका नासु मनोज कार्की पत्रकार महासंघ बाग्लुङका संलाहाकार कोपिला कडेंल नेपाली काग्रेस वडा समितिका उपाध्यक्ष श्री प्रसाद न्यौपाने नेपाल कमनिष्ट संयन्त्र संयोजक मुक्तिराम कडेंल राप्रापा को तर्फ बाट डिलाराम कडेंल लगाएत ले शुभकामना मन्तव्य राखेको कार्यक्रमको स्वागत वडा सदस्य लिलाधर ढुङ्गनाले गरेका थिए।
वडा अध्यक्ष युक्तप्रसाद कडेंलको सभापत्तित्व सम्पन्न कार्यक्रमको संचालन वडा सचिब लिला थापा रहेको थियो ।