Sorry, that menu does not exist.
 

भारी हिमपातले ढोरपाटन उपत्यका सेताम्य, आजको मौसम यस वर्षकै चिसो… !

बागलुङ २०७५ माघ ८ । आज विहानै देखी बागलुङ जिल्लाको सुदूर पश्चिम ढोरपाटनमा भारी हिमपात भएको छ । ढोरपाटनबाट सहकर्मी ईन्द्र शाहीले दिएको जानकारी अनुसार बिहान ८ बजे देखी परेको हिउँ रोकिएको छैन, बाख्लो हिमपातका कारण ढोरपाटन उपत्यका सेतो च्यादरले ढाकिएको अवस्था छ ।

बिहानै देखीको भारी हिमपातले स्थानीय बासिन्दाहरु घरदेखी बाहिर निस्कन सकेका छैनन् । ढोरपाटन हिँडेकाहरु भारी हिमपातको खबरले बुर्तिवाङबाटै फर्किरहेका छन् ।

स्थानीयहरु आजको दिनलाई यस सालकै सबभन्दा चिसो दिनकोरुपमा बताई रहेका छन् । सहकर्मीहरुले दिएको जानकारी अनुसार जिल्लाभरको मौसम धमालधुमुल छ, चिसो ह्वात्तै बढेकाले जनजीवन कष्टकर बनेको छ, आकाशबाट पानी पर्न खोजिरहेको छ । जिल्लाको कुनै भागमा सिमसिम पानी परिहेको छ ।

ढोरपाटनमा यस अघी २०७५ पुस २२ गते राति यस वर्षको पहिलो भारी हिमपात भएको थियो ।

थप विवरण आउन बाँकी …।

तस्वीर- ईन्द्र शाही, ढोरपाटन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply