Sorry, that menu does not exist.
 

पर्वतमा आयोजना गरिने महिला महोत्सवको मुख्य आकर्षण महिला भलिबल !
महिला अब नेतृत्व लिन अग्रसर र अधिकार खोज्न अगाडी बढ्नुपर्छ – पूर्व सांसद चापागाई

महेन्द्र केसी, बागलुङ २०७५ माघ ९ । महिला दिदीबहिनीहरु आफ्नो अधिकार खोज्नको लागि अगाडी बढ्नुपर्ने बेला आएको पूर्व सांसद कल्पना चापागाई जोशीले बताएकी छिन् ।

रेडियो दिदीबहिनी पर्वत कुस्माकी संस्थापक अध्यक्ष समेत रहेकी चापागाईले रेडियोले आयोजना गर्न लागेको ११ औं गण्डकी प्रदेशस्तरी महिला महोत्सवको प्रचारप्रसारको लागि बागलुङमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन् ।

महिलाहरुको हक अधिकार संविधानमा उल्लेख भएको र सोही अनुसार देश संघीयता चलिरहेको बताउँदै अब नेतृत्व लिनको लागि महिलाहरु अग्रसर हुनुपर्नेमा उनको जोड थियो ।

महोत्सव अवधीभर दर्जनौ राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने पूर्व सांसद चापागाईले बताइन् । चापागाईका अनुसार कोमल वली, रामजी खाँड, पशुपति शर्मा, राधिका हमाल, प्रमोद खरेल, देवी घर्ती मगर, राजन कार्की, शिव हमाल, अन्जु पन्त, कुलेन्द्र विश्वकर्मा, मन्जु पौडेल, शोभा त्रिपाठी, कश्तुप पन्त, यम क्षेत्री, माग्ने बुढा, जितु नेपाल, ज्योति मगर, बले कक्रोज, र्पुखे बा, बसन्त थापा, प्रकाश सपुत, राजा राजेन्द्र, ज्योति मगर लगायतको प्रस्तुती रहनेछ ।

दश दिनसम्म संचालन हुने महिला महोत्सवमा ६० लाखको कारोबार हुने पूर्व सांसद चापागाईले बताइन् । महोत्सवमा १ सयभन्दा बढी स्टलहरु रहने छ, उनले भनिन् हामीसँग यत्रो धन भएर महोत्सवको आयोजना गरेको होइन, सबैको साथ र सहयोग हुने अपेक्षाका साथ हामीले महोत्सवको आयोजना गर्न लागेको हो । विगतको बर्षमा झै यस बर्षमा पनि सबैको साथ र सहयोगको अपेक्षा गरेका छौं पत्रकार सम्मेलनमा उनले भनिन् ।

महोत्सवमा अपाङ्कता भएका ब्यक्ति, जेष्ठ नागरिक, एकल महिलालाई परिचयपत्रका आधारमा टिकट नलाग्ने भएको छ । महोत्सवमा आउनले एकल महिला, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्रका आधारमा निशुल्क गरिनेछ उनले भनिन् । महोत्सवका ६० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीहरुलाई ४० को टिकट लाग्ने उनले बताइन् ।

रेडियो दिदीबहिनी पर्वत कुस्माले हरेक वर्ष महोत्सवको आयोजना गर्दै आएको छ । वर्षमा दुई पटकसम्म महोत्सवको आयोजना गर्ने गरेको रेडियोले दुइ वर्ष यता बर्षमा एक पटक मात्रै महोत्सवको आयोजना गर्न थालेको हो । यही माघ २५ देखि फागुन ५ गतेसम्म महोत्सवको आयोजना हुँदैछ ।

महोत्सवमा मुख्य आकर्षणको रुपमा राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता राखिएको छ । तीन विभागीय टिमसहित न्यू डाइमण्ड, घरेलु टिमको सहभागीता रहने छन् । प्रतियोगितामा विजेता हुने टिमले २ लाख, व्दितियले १ लाख र तृतीय हुनेले ५० हजार रुपैयाँ पाउने छन् । पत्रकार र जनप्रतिनिधिबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आयोजना समेत गरिएको छ ।

त्यस्तै दिदीबहिनी डान्स आइडल प्रतियोगिता समेत यो बर्षदेखि शुरु हुने भएको जानकारी दिईएको छ । प्रथम डान्स आइडलको विजेताले ५० हजार, व्दितियले ३० र तृतीयले २० हजार नगद पाउनेछन् । त्यसैगरी खुला दौड प्रतियोगिता समेत आयोजना हुने भएको छ । दौडका विजेताले २५ हजार, व्दितियले १५ र तृतीयले १० हजार नगद प्राप्त गर्नेछन् ।

रत्यौली, भजन, पञ्चेबाजा, ¥याली प्रतियोगिता पनि महोत्सवमा समावेश गरिएका छन् । रत्यौली प्रतियोगितामा विजेता हुने टिमले २५ हजार, व्दितियले १५ र तृतीयले १० हजार पाउनेछन् त्यसैगरी ¥याली तथा विभिन्न झाँकी प्रतियोगितामा विजेता हुनेले २० हजार, १५ हजार र १२ हजार पाउनेछन् भने भजन प्रतियोगितामा विजेता हुनेले १५ हजार, व्दितियले १० र तृतीय हुनेले ७ हजार पाउनेछन् ।

महोत्सव शुरु हुन अब १९ दिन मात्रै बाँकी रहेकाले आयोजक प्रचारप्रसारमा तीब्र गतिले लागेको छ ।

२०६६ साल फागुन २४ गते १०९ औं अन्तराष्ट्रि श्रमिक महिला दिवसका अवसरमा स्थापना भएकोे रेडियोले स्थापना कालदेखि नै पश्चिमाञ्चल स्तरीय महिला महोत्सवको आयोजना गर्दै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply