बागलुङ २०७५ माघ ९ । तमानखोला गाउपालिका- ३ का ३१ वर्षिय सरोज भनिने शिवबहादुर बुढाथोकीको कर्तव्य ज्यान मुद्दाका ५ जना अभियुक्तहरुलाई जिल्ला अदालत बागलुङबाट ७ दिनको म्याद थप गराई जिल्ला प्रहरी कार्यालय बागलुङले न्यायिक हिरासतमा राखी अनुसन्धान अघि बढाएको छ ।
गत पुस ३० गतेको बिहान तमानखोला गाउपालिका ३ कै हिलेको पुल मुनी मृतक बुढाथोकीको शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रबक्ता प्रहरी नायब उपरीक्षक चिरन्जीवी कोईरालाका अनुसार, पुस २९ गते राति प्रतिवादी मानबहादुर कामीकी श्रीमतीको मृत्यु भएको तेह्रौँ दिनमा तमानखोला गाउपालिका-३ बस्ने वर्ष २९ को पदम बिक, ऐ बस्ने वर्ष २० को तेजेन्द्र प्रतेल, ऐ बस्ने वर्ष ४१ को मानबहादुर कामी, ऐ कै वर्ष २८ को नरबहादुर सिर्पाली र ऐ बस्ने वर्ष ३३ को देवीलाल टोम्टा मृतकका घरमा भेला भएका र सरोज भनिने शिवबहादुर बुढाथोकी पनि सोहि घरमा आएको अवस्थामा माथी उल्लेखित पाँच जनाले घर बाहिर रहेको गुराँशको लठ्ठीले प्रहार गरी कर्तव्य गरी मारी तमानखोलाका हिलेको पुलमुनी राखेको र घटना ढाकछोप गर्नको लागी मृतकले लगाएको ज्याकेट समेत प्रतिवादीहरुले आगोमा जलाई दिएका थिए ।
के कति कारणले बुढाथोकीको हत्या गरिएको हो भन्ने भने प्रहरीले खुलााएको छैन ।
यो पनि पढौं
तमानखोलामा एक युवकको रहस्यमय मृत्युले गाउँ शोकमग्न !