भरत सापकाेटा, बागलुङ २०७५ माघ ११ । काठेखोला गाउँपालिका वडा ५ बिहुँ पोखरामा आयोजित सराेकारवालाहरुको अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्ष शिव कडेंलले बिहुँ लगाएत यस क्षेत्रहरुमा रहेका पर्यटकीय स्थलहरु धार्मिक पुरातात्त्विक बस्तुहरु धार्मिक तिर्थ स्थलहरुले र यस क्षेत्रको भौगोलिक विविधता विभिन्न जातजाति भाषा संस्कृति नै पर्टयटकहरुको मुख्य आकर्षको केन्द्र बन्ने बताएका छन् । अध्यक्ष कडेलले वडामा गर्नुपर्ने जिम्वेवारीमा कुनै कमी नहुने बताउदै सम्पुर्ण काठेखोलाबासीलाई बिहुँमा माघ १२/१३ गते हुने राष्ट्रियस्तरको पर्यटन मेलामा सरिक हुन आग्रह गरेका छन्।
अन्य सरोकावालाहरुको तर्फ बाट बोल्दै पर्यटनका अभियानकर्ता अग्नि कडेंलले यो पर्यटन मेला प्रत्यक्ष रुपमा नै नेपाल पर्यटन वोड;पर्यटन मंन्त्रालय पर्यटन विभाग लगाएत विभिन्न पर्यटन संबन्धित बिशेषग्य लगाएत पर्यटन व्यबसायीहरु लगाएतको टोलिले यस क्षेत्रको भौगिलक धार्मिक जातिय भेषभुषषा संस्कृति लगाएत यस क्षेत्रका पर्यटन सम्बन्धि सबै क्षेत्र अवलोकन गर्ने साथै देशी तथा विदेशी पर्यटकहरुलाई यस क्षेत्रको जानकारी गराईदै पर्यटकहरुलाई घुम्नै जानपर्ने गनत्ब्यको रुपमा बिहुँ लगाएत यसवरिपरीका क्षेत्रहरु विकाश गर्न सकिने बताए।
त्यस्तै अर्का सरोकावालाको तर्फ बाट अमर मा बि प्रधानाध्यपक भिष्म कडेंलले बिहुँकोट धार्मिक भौगोलिक लगाएत हरेक तवरबाट पर्यटन मैत्री रहेकाले कुन ढंगले आन्तरिक तथा बाह्यय पर्यटक हरुको मन जित्न सकिन्छ तिनै कुराहरुको अध्ययन गरि उनिहरुले रुचाउने वातावरण साथै उनिहरुले लिने मनोरंजन पनि महत्वपुर्ण बिषय रहने उहाँ भनाई थियो।
काठेखोला गाउंपालिका भित्र विभिन्न पर्यटकीय स्थलहरु भएको जानकारी गराउदै ती स्थलहरुको ब्यापक दृश्यचित्र साथै प्रचार प्रसार गर्न सक्ने हो पर्यटन विकास गर्न कुनै कठिन नहुने अन्य सरोकारवालाहरुको भनाई थियो।