दिनेश शर्मा, बागलुङ २०७५ माघ ११ । माघ महिनाको पहिलो साता कास्कीमा केहि व्यक्तिहरुसंग लाखौं रुपयाँ ठगि गरेको अभियोगमा काठमाडोैँमा प्रहरीले पक्राउ गरेकी स्नेहा भनिने सरीताकुमारी रानालाई ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीसंग जोडेर उनी नेपालीको पूर्व पत्नी भएको चर्चा बाहिर आएको छ ।
बागलुङ जिल्ला बडीगाड गाउँपालिका- ८ रणसिँहकिटेनी घर भएकी ४२ वर्षीया राना कास्की पोखरा महानगरपालिका-२६ अघौं डेरा गरी बस्दै आएकी छन् ।
यस सम्वन्धमा हामीले बडीगाड गाउँपालिका- ८ का वडाध्यक्ष यम श्रीससंग सम्पर्क गर्दा, उनी (सरीता) रणसिँह किटेनी नआएको वर्षौ बितेको बताउदै नगरप्रमुख नेपाली संग उनको धेरै पहिलेनै सम्वन्ध विच्छेद भएको जानकारी दिए । श्रीसले नेपाली र रानाबाट दुई छोराको जन्म भएतापनि एक छोरा दुर्घटना मृत्यु भएको बताए ।
उता नगरप्रमुख नेपालीसंग यस सम्वन्धमा जिज्ञासा राख्दा नगरप्रमुख नेपालीले सरीता राना पूर्व पत्नी भएपनि २० वर्ष पहिले नै उनीसंग कानूनीरुपमै सम्वन्ध विच्छेद भएको जानकारी दिए । नगरप्रमुख नेपालीले उनीबाट जन्मिएको एक छोरा आफुसँगै भएको र मेरो तथा छोराको उनी (सरीता) संग कुनै सम्पर्क/सम्वन्ध नभएको प्रष्ट पारे ।