Sorry, that menu does not exist.
 

नेविसंघ धौलागिरी बहुमुखी क्याम्पस ईकाईव्दारा विविध कार्यक्रमको सुभारम्भ !

सुमन जि.सी.बागलुङ, २०७५ माघ १३ । नेपाल विद्यार्थी संघ धौलागिरी बहुमुखी क्याम्पस ईकाई समितिको आयोजनामा आईतबार देखि क्याम्पसमा विविध कार्यक्रमको सुरु भएको छ ।

ईकाई समितिले वार्षिक रुपमा क्याम्पसमा विविध खेलकुदका कार्यक्रमहरुसंगै रचनात्मक कार्यक्रमहरु गर्दै आईरहेको सन्दर्भमा आजदेखि विविध खेलकुद र रचनात्मक कार्यक्रमहरु गर्न लागिएको नेविसंघ धौलागिरी बहुमुखी ईकाई समितिका अध्यक्ष दिनेश पन्तले ईबागलुङलाई जानकारी दिए । पन्तका अनुसार ३ दिनसम्म सञ्चालन हुने कार्यक्रममा आन्तरीक संकायगत छात्र भलिवल प्रतियोगिता, छात्रा भलिवल प्रतियोगिता, आन्तरिक वास्केटबल प्रतियोगिता, महिला हिंसा र विभेद अन्त्यका लागि शिक्षा र सशक्तिकरण शिर्षकमा वक्तृत्वकला, छात्रा डौड प्रतियोगिता, एकल लोक नृत्य प्रतियोगिता लगाएतका विविध सांस्कृतिक कार्यक्रमहरु हुने जानकारी दिए ।

कार्यक्रमको मुल समारोह १५ गते हुने र सो दिन नवआगान्तकु विद्यार्थीहरुलाई स्वागतका साथसाथै अन्य विविध कार्यक्रमहरु हुने समेत पन्तको भनाई छ ।

कार्यक्रमको सुरुवात आज विहान आन्तरीक संकायगत छात्र भलिवल प्रतियोगिताबाट भएको छ । धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. रामप्रसाद उपाध्यायव्दारा उद्घाटन भएको पहिलो खेल धौलागिरी बहुमुखी क्याम्पस वि.एस.सी. चौथो वर्ष र वि.वि.एस. प्रथम वर्ष विच भईरहेको छ ।

उद्घाटन कार्यक्रम ईकाई समिति अध्यक्ष पन्तको अध्यक्षता, नेविसंघ वि.वि.एस. दोश्रो वर्षको सिफ्ट अध्यक्ष सुमन जि.सी.को स्वागत र ईकाई सचिव सुदिपसागर क“डेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply