Sorry, that menu does not exist.
 

गल्कोट गौदी खोलामा व्यवस्थित घाट निर्माण अन्तिम चरणमा !

गुमानसिँह भण्डारी गल्कोट २०७५ माघ १४ । गल्कोट नरेठाटीको गौदीखोलामा व्यवस्थित घाट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गल्कोट नगरपालिका २ नरेठाटी र ४ डाडाँखेतको संगम स्थल गौदीखोलामा ६ लाखको योजनामा घाट निर्माण भैरहेको छ । नरेठाटी साउकोट गौदीघाट मोटरबाटो तथा घाट ब्यवस्थापन समितले घाट निर्माण कार्यलाई तीव्रता दिएको हो ।

समितिले विस्तृत परियोजना प्रतिवेदन बनाएरै घाट निर्माणको कार्यलाई अघि बढाएको वडा अध्यक्ष हिम बहादुर भण्डारीले बताए । घाट निर्माणका लागि समितिले खोला किनारमा करिब ६ आना जग्गा खरिद गरेको हो । जग्गा खरिद गरेको छ । उक्त जमिनमा दुई वटा शव जलाउने वेधी निर्माण गरिएको छ । एक मलामी विश्राम स्थल निर्माण गरिएको छ । जसमा करिब १ सय बढी मलामी बस्न सक्ने अध्यक्ष भण्डारीको भनाई छ ।

त्यस्तै घाटको आडैमा बगैचा समेत निर्माण गरिएको छ । बगैँचामा बिभिन्न किसिमका फुलहरु लगाईने वडा सदस्य घनश्याम कुबरले बताए । उक्त घाटमा नरेठाटीका साबिक ८ वडाका करिब ६ सय स्थानियले शव दहन गर्ने गरेका छन । हिउदमा भन्दा पनि बर्षातमा निरन्तर पानी परिरहने हुदाँ मलामी बस्न र कहिलेकाहि २, ३ ओटासम्म शव दहन गनुपर्ने समस्याका कारण घाट ब्यवस्थित गरिएको स्थानिय यम श्रीसले बताए । त्यस्तै घाटसम्म शव ल्याउन र मालामी आवतजावत गर्न समस्या परिरहेकाले मोटरबाटो समेत निर्माण गर्न लागिएको अध्यक्ष भण्डारीले बताए ।

नरेठाटीको झुलुङ्गे पुलदेखि घाटसम्म मोटरबाटो निर्माण कार्य तिब्र पारिएको उनको भनाई छ । जसले स्थानियलाई सहज तरिकाले आवतजावतमा गर्न सहयोग गर्ने वडा सदस्य भक्त घर्तीले बताए । रु ६ लाख मध्ये ८५ प्रतिशत घाट ब्यवस्थापन र बाकी मोटरबाटोमा खर्च गरिने वडा कार्यालयले जनाएको छ । घाटको नगरप्रमुख भरत शर्मा गैरेले स्थलगत अवलोकन समेत गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply