घनश्याम गौतम गल्कोट २०७५ माघ १४ । चालक तथा कर्मचारीहरुले बस दुर्घटनामा घाईते चालक रमेश पराजुलीलाई सहयोग गरेका छन् । गल्कोट नगरपालिका-३ हटिया बागलुङ पोखराका चालक तथा यातयात ब्याबसायीका कर्मचारीले सयुक्त रुपमा १० हजार सहयोग हस्तान्तरण गरेका छन् ।
धौलागिरि जिप ब्यबसायी समितिका कर्मचारी तथा चालकको प्रतिनिधत्ब गदैं प्रनाथ श्रेष्टको नेतृत्बमा उक्त सहयोग रकम मनिपाल शिक्षण अस्पतालमा उपचार गराईरहेको तिलक पराजुली जो रमेश पराजुलीको रुपमा परिचित चालकलाई हस्तान्तरण गरिएको हो ।
सबारीे दुर्घटनाहुदा चालकलाई हुने आर्थिक सहयोगको रुपमा हरेक पटकको टिपमा २० रुपैया चालक उपचार सहयोगको रुपमा संकलन गरिएको उक्त रकमबाट १० हजार सहयोग गरिएको श्रेष्ठले जनाकारी दिए । चालकहरु अर्जुन बोहोरा, सोम श्रीस, चन्द्र प्रसाद सापकोटा, चन्द्रकुमार तामाङ, गणेश पौडेल, बिजय लामा, भिम नेपाली, कुल बहादुर बोहोरा, टोप बहादुर गन्दर्भ, राजु बिक, अर्जुन लामा, तिलक पराजुलि,नारायण लामा, बाबु लामा, गणेश आले, सोम बिकास, राजु गन्दर्भ, नबिन बोहोरा हरि कुबर, गोपिबन्द परियार, दिपेनद्र नेपालि हिम खत्री, बिसन गुरुङ, बिष्णु खत्री, बिक्की बोहोरा, राजु बिक, दिपक थापा, छबिलाल बिक, लाल बहादुर कार्की, पदम श्रेष्ट, रन बहादुर घर्तिमगर भिम बहादुर बिक ओम बहादुर राना हिमाल थापा प्रेम सुनार गोपाल सापकोटा, गंगा बिक राम बहादुर आले, जनक खड्का कुलपति लामिछाने, जलबहादुर थपा मगर जिबन परियार हरी प्रसाद शर्मा ईन्द्र बहादुर कार्की, कण बहादुर बोहोरा, कर्ण बहादुर किशान रमेश खड्का मेख बहादुर श्रीस, जमान लामा खिम सुबेदी कर्णबहादुर सार्की, भिम बोहोरा, टेकनाथ शर्मा, युवराज थापा लगाएतका चालकहरुले हरेक टिपमा २० रुपैया चालक उपचारार्थकोषको रुपमा सकलन गदैं आएका थिए ।
गत पुस २८ गते मालढुङ्गामा भएको बस दुर्घटनामा घाईते भएका बसका चालक तिलक पराजुलीलाई सहयोग गरेको चालक कर्मचारी समुहले जनाएको छ । सवारी दुर्घटनाका कारणहरु बिबिध भएतापनी मुख्य कारण चालकलाई लिने गरको अबस्थामा सबै दुर्घटना चालकको कमजोरीले नहुनेहुदाँ चालकको उपचारमा सहयोग गर्ने उद्देश्यले चालक कर्मचारी समुहले सहयोग संकलन गदैं आएको छ ।