Sorry, that menu does not exist.
 

अध्यक्ष पौडेलद्वारा अर्नाकोट गाउँघर क्लिनिक तथा खोप केन्द्रको उद्घाटन !

झम सिर्पाली, निसीखोला बागलुङ २०७५ माघ १४ । निसीखोला गाउँपालिका वडा नं २ अर्नाकोटमा भर्खरै स्थापना भएको अर्नाकोट गाउँघर क्लिनिक तथा खोप केन्द्रको आज एक कार्यक्रमकाविच उद्घाटन गरिएको छ ।

कर्म फ्लाईट्स फाउन्डेसन नेपाल पोखराको रु २० लाख आर्थिक सहयोग तथा ६ लाख बराबरको स्थानीय जनश्रमदान गरि कुल रु २६ लाख लागतमा निर्मित क्लिनिक भवनको आज निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले उद्घाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका अध्यक्ष पौडेलले उद्घाटनपछि बोल्दै उक्त क्लिनिकलाई सरकारी माताहतको स्वास्थ्य इकाईको रुपमा रुपान्तरण गर्न महत्वपूर्ण भुमिका खेल्ने प्रतिबद्धता जनाए । अध्यक्ष पौडेलले अर्नाकोट जस्तो दुर्गम बस्तीमा स्वास्थ्य क्लिनिक तथा खोप केन्द्र स्थापनाका लागि सहयोग पुर्‍याएकोमा कर्म फ्लाईट्स फाउन्डेसन नेपाल पोखरा कास्कीलाई धन्यवाद दिए ।

उक्त क्लिनिकबाट शिशुहरुलाई मासिक खोप, गर्भवती महिलाको सामान्य चेकजाँच, तथा अन्य सामान्य रोगहरुको जाँच तथा उपचार सेवा प्रदान हुने छ । यी सेवाबाट निसीखोला गाउँपालिका वडा नं २ अर्नाकोट, देउराली, सिँडेरी र देहलधारा, ढोरपाटन नगरपालिका वडा नं ५ को मस्ती, निन्नेचौर, खल्बाङ, चौर, घम्पु तथा गाडिलुङ लगायतका करिब ३०० घरधुरीका जनता लाभान्वित हुने छन ।

निसीखोला गाउँपालिका वडा नं २ का वडाध्यक्ष कुविर विश्वकर्मा, गाउँपालिका स्वास्थ्य सेवा प्रमुख टोप बहादुर चन्द, देविस्थान स्वास्थ्य चौकीका इन्चार्ज मुक्तिसिंह लोहनीले बोल्दै उक्त क्लिनिक जुनसुकै हालतमा पनि स्वास्थ्य इकाईको रुपमा स्थापित गराउनुपर्ने साझा धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा निसीखोला गाउँपालिका वडा नं २ का वडाध्यक्ष कुविर विश्वकर्मा, वडा सदस्य हिराकुमारी कुवर, क्लिनिककी जग्गादाता देवी कुमारी कुवँर, निसीखोला गाउँपालिका स्वास्थ्य सेवा प्रमुख टोप बहादुर चन्द, देविस्थान स्वास्थ्य चौकीका इन्चार्ज मुक्तिसिंह लोहनी, अर्नाकोट आधारभूत विद्यालयका भुतपुर्व प्रधानाध्यापक झम बहादुर कुवंर, जनप्रीय प्राथमिक विद्यालयको प्रधानाध्यापक सरस्वती शर्मा, स्थानिय समाजसेवी, बुद्धिजिवी, पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।

क्लिनिक निर्माण समितिका अध्यक्ष लाल बहादुर कुवँरको अध्यक्षता रहेको उक्त कार्यक्रम स्थानिय समासेवी ओम बहादुर रसाइलीको स्वागत मन्तव्य तथा अर्नाकोट आधारभूत विद्यालयका प्रधानाध्यापक बेग बहादुर कुवँरको संचालनमा सम्पन्न भएको थियो ।

आजै नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को १६ लाख र निसिखोला गाउँपालिकाको १ लाख आर्थिक सहयोग तथा ४ लाख बराबरको स्थानिय जनश्रमदान गरि कुल २१ लाख लागतमा सम्पन्न भएको अर्नाकोट देउराली खानेपानी आयोजनाको समेत गाउँपालिका अध्यक्ष पौडेलले रिबन काटेर उद्घाटन गरेका छन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply