Sorry, that menu does not exist.
 

शुक्रवार राति देखि परेको हिमवर्षाले बडीगाड गाउँपालिकाभित्र रु ३ करोड बराबरको क्षति !

विद्युत तथा संचार सम्पर्क विच्छेद हुँदा जलजला, रणसिंह र दर्लिङमा जनजीवन कष्टकर !

कमल पौडेल, बडीगाड, बागलुङ २०७५ माघ १६ । हालै परेको भारी हिमपातले बागलुङ जिल्लाको विभिन्न भागहरुमा पु-याएको क्षेतीको विवरण प्राप्तहुने क्रम जारी छ । यसैक्रममा शुक्रवार राति देखि परेको हिमवर्षाले बडीगाड गाउपालिकामा ३ करोड बराबरको क्षेती भएको गाउपालिकाले जनाएको छ ।

हिमवर्षाले विद्युत पोल भाँचिनुका साथै विद्युत तारहरु चुँडिएर नष्ट भएको वडा नं. ४ का अध्यक्ष प्रेम गलामीले जानकारी दिएका छन् । हिमवर्षाले बडीगाड गाउँपालिकाको वडा नं. ४, ५, ८, ९ र १० वडामा वढि क्षती भएको र वाँकी वडाहरु १, २, ३, ५, ६, ७, मा कम क्षती भएको गाउँपालिकाले जनाएको छ ।

हिमपातले विद्युत अवरुद्ध भए संगै बडीगाड गाउँपालिका वडा नं. ४ को जलजला, वडा नं. ५ को सिमाक, वडा नं. ८ रणसिंह किटेनी, वडा नं. १० दर्लिङमा संचार सम्पर्क विच्छेद भएको छ भने वडा नं. १० का अध्यक्ष वीरेन्द्र वुढाका अनुसार मोवाइलका टावरले पनि काम नगरेको र विद्युत पनि नहुँदा स्थानीयलाई निकै समस्या भएको छ ।

हिम वर्षाले १०० किलोवाट क्षमताको चाचलघाट लघुजलविद्युत आयोजना जलजला, र ४३ किलोवाट दर्लिङखोला लघु जलविद्युत परियोजना दर्लिङको पोल र तार पूर्ण क्षति गरेको छ । विद्युत र संचार विच्छेद भएसंग जनजीवन कष्टकर वन्दै गएको छ । जनजीवन सहजताको लागी गाउँपालिकाको तर्फवाट अन्य आयोजनाका केहि पोलहरु तत्काल पठाउने र केहि काठका पोलहरु प्रयोग गरी वैकल्पिक रुपमा विद्युत संचालन गर्न आवश्यक पहल थालेको बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले ईबागलुङलाई बताए । अध्यक्ष पाईजाले पछि सोधभर्ना गर्र्ने गरि समस्या समाधान गर्न आवश्यक काम कार्यवाही अगाडि वढाईएको जानकारी दिए ।

यसैवीच बडीगाड गाउँपालिकाको ४३ औँ गाउँ कार्यपालिकाको वैठकले वडा नं. १, ३, ४ र ८ वडालाई मकै पकेट तथा वडा नं. २, ५, ६ र ७ लाई तरकारी पकेट क्षेत्र तोकी कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । वैठकले पशु तथा कृषिको कार्यक्रम संचालनको लागि वार्षिक खाका स्वीकृत गरेको छ। त्यस्तै वैठकले मुस्लिम, महिला तथा वालवालिका लक्षित कार्यक्रम को प्रस्ताव स्वीकृत गर्ने, बडिगाडका गौरवका संभावित योजना छनौटको लागि वडा वडामा वहस चलाउने, विभिन्न योजनाहरुको शिर्षकान्तर गर्ने लगाएतको निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार अत्याधिक हिम वर्षाको कारण भएको विद्युतीय क्षतीको पूर्तिको लागि प्रदेश तथा संघ सरकारमा सहयोग मागगर्ने लगाएतका कार्यपालिकाले निर्णय गरेको छ । बैठक गाउँपालिका अध्यक्ष पाइजाको अध्यक्षतामा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply