भरत सापकोटा, बागलुङ (बिहुँ) २०७५ माघ १६ । बागलुङ जिल्लाको काँठेखोला गाउपालिका-५ बिहुँ पोखरा स्थित अमर माध्यमिक बिद्यालयले नेपाली सेना द्वारा सन्चालित ७९ दिने जुनियर तालिम सकेर २१ तालिमको लागि महोत्तरीको बर्दिबास सहभागि हुन गत पुस २१ गते महोत्तरी प्रस्थान गरेको अमर माध्यमिक बिद्यालयले विभिन्न प्रतियोगिताहरुममा उत्कृष्ट प्रदशन गर्दै सहभागी १५ विद्यालहरुलाई पछि पार्दै बेस्ट प्लाटुन प्राप्त गर्न सफल भएको छ।
नेपाली सेनाद्वारा संचालित जुनियर ४५ औ ब्याचको तालिम उत्कृष्ट विद्यालयलाई सेनाका उपरथी डा रबिन्द्र क्षेत्रीले वेस्ट प्लाटुनको सिल्ड हस्तान्तरण गरेका थिए।
सो २१ दिनको तालिममा निस्किएको अमर माध्यमिक विद्यालयले महोत्तरीको वर्दिवासमा सञ्चालित अन्तर विद्यालय स्तरीय पुरूष भलिबल, १ माईलको छात्रा दौड प्रतियोगितामा मा प्रथम स्थान हासिल गरेको थियो । १५ विद्यालयवाट सहभागी ५४० भएको तालिममा यस विद्यालयले प्रतियोगितामा अनुशासनमा रहेर उत्कृष्ट खेल खेलेकोले सो तालिमको उत्कृट विद्यालयमा छनौट भएको तालिममा सहभागि शिक्षिका सरस्वती वि कले जानकारी दिईन् ।
जुनियर NCC मा राम्रो प्रदर्शन गरि फर्किएको १८ जना छात्रा र १८ जना छात्र सहित नेपाली सेनाबाट तालिममा प्रशिक्षण गराउने चेत वहादुर थापा बिजय राना मगर र सहयोगी शिक्षक सरस्वती वि कलाई आज एक समारोह आयोजना गरि सम्मान गरिएको छ।
विद्यार्थीहरूलाई सम्मान पत्र प्रदान गर्दै बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शिव कडेंल र प्रधानाध्यापक भीष्म कँडेलले नमुना विद्यालयको रूपमा विकास हुन लागेको यस विद्यालयलाई र विद्यार्थिहरुलाई शिक्षा संग संगै खेलकुद मनोरंन्जन शारीरिक ब्यायम जस्ता कृयाकलाप बाट उनिहरु को सर्वागिंण विकाश हुने हदा प्राप्त उपलब्धिले विद्यालय र विद्यार्थीको विकास थप इट्टा थप्ने उनको भनाई थियो।
गत बर्ष पनि अमर माध्यमिक विद्यालयमा सो तालिम सञ्चालन भएको थियो । गत साल पनि यस विद्यालयले नवलपुरको हात्ती खोरमा सञ्चालन गरिएको २१ दिने ४४ औ ब्याचको तालिममा पुरूष भलिबल र १ माईलको छात्रा दौड प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेको थियो।