खेमराज अर्याल, बुर्तिबाङ, २०७५ माघ २० । ढोरपाटन नगरपालिकाको वडा नम्बर ३ घोसाखानीमा सरुवा रोगहरुको रोकथामका लागि समुदाय स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । ढोरपाटन नगरपालिका स्वास्थ्य शाखाको आयोजना र कर्मभुमि फाउन्डेसन बुर्तिबाङको व्यवस्थापनमा कार्यक्रम भएको हो । कार्यक्रममा सर्नेरोग,नसर्ने रोग, महिलाको पाठेघर खस्ने समस्या र स्तनपान लगाएत स्वास्थ्य सम्बन्धी विविध विषयमा जानकारी गराइएको फाउन्डेसनका अध्यक्ष कमल भुषालले जानकारी दिए ।
वडा नम्बर ३ का करिब १ सय २० जना महिला तथा पुरुष सहभागी सो कार्यक्रममा स्वास्थ्य सम्बन्धी जानकारी जिल्ला जनस्वास्थ्य कार्यलय बागलुङका हेल्थ असिस्टेन्ट चुरामणि कडेल र ल्याव टेक्निसियन डिल्ली आर्चायले दिएका थिए ।
ग्रामिण क्षेत्रमा चेतनाको अभावका कारण महिलाहरुले पाठेघर खस्ने समस्या लुकाएर राख्ने हुदा उनिहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेकोले यस्ता समस्या लुकाएर राख्नु भन्दा पनि समयमै उपचार गर्न सके निको हुने जानकारी दिइएको थियो ।
२० वर्ष भन्दा कम उमेरमा विवाह गरि वच्चा जन्माउनाले, गर्भवती हुदा गहै काम गर्नाले, वर्षैपिच्छे वच्चा जन्माउनाले तथा सुत्केरी अवस्थामा पोषिलो खाना नखानाले पाठेघर खस्ने समस्या उत्पन्न हुने भन्दै हेल्थ असिस्टेन्ट चुरामणि कडेलले सहभागिलाइ सचेत गराएका थिए ।
ल्याव टेक्निसियन डिल्लि आर्चायले सुत्केरी भएको १ घण्टाभित्रै वच्चालाई स्तनपान गराउनुपर्ने र उक्त विगौति दुधमा वच्चालाई आवश्यक सबै प्रकारका पोषक तत्वहुने भएकोले त्यसलाइ खेर नफाली वच्चालाई खुवाउनुपर्ने सुझाव दिएका थिए । उनले वच्चालाइ ६ महिनासम्म आमाको दुध मात्रै खुवाउनुपर्ने र पानी समेत खुवाउन नपर्ने जानकारी दिए ।
कुनै पनि काम गरिसकेपछी हात नधोइ खाना खानाल,े बासी सडेगलेको झिँगा भन्केको खाना खानाले तथा सागपात तथा फलफुल नधोइ खादा सरुवा रोगको संक्रमणमा परिने भएकोले यस्ता कुरामा विशेष ख्याल गर्न स्वास्थ्य कर्मीहरुको सुझाव थियो । शारीरिक व्यायमको कमी, वातावरणीय प्रदुषण तथा खानपानमा ध्यान नदिने बानीका कारण उच्च रक्तचाप मधुमेह जस्ता रोग लाग्ने हुदा व्यायाम र खानपानमा ध्यान दिन स्वास्थ्यकर्मीहरुले सुझाव दिए ।
कार्यक्रममा वडा नम्बर ३ का स्थानियवासीसँगै ढोनपा कार्यपालिका सदस्य वेल कुमारी छन्त्याल समाजसेवी केसर छन्त्याल फेयरमेड फउन्डेसनका कार्यक्रम अधिकृत गीता कार्की कर्मभुमि फाउन्डेसनका अध्यक्ष कमल भुषाल महासचिव सतिस कुमार सिंह लगाएतको आतिथ्यता रहेको थियो ।
यसैविच शनिवार नै घोसाखानीका स्थानियले उपभोग गर्दै आएको पानीको नमुना परीक्षणका लागि बागलुङ लगिएको अध्यक्ष भुषालले जानकारी दिए ।