कौरव खत्री, गुल्मी २०७५ माघ २३ । गुल्मीमा नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट नगरपालिका २ मुसिकोटले आयोजना गरेको हिरक महोत्सव तथा श्रीमद्भागवत धन–धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञको प्रवचन तथा वरिष्ठ चन्दादातालाई सम्मान गरिएको छ ।
हिरक महोत्सव तथा श्रीमद्भागवत धन–धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञको दोश्रो दिनको कार्यक्रमलाई सम्वोधन गदै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई प्रमुख थानेश्वर घिमिरेले विद्यालयले पछिल्लो समयमा राम्रो कार्यको शुरुवात गरेको भन्दै अब विद्यालयको गुणस्तर सुधारमा लाग्नु पर्ने कुरामा जोड दिए ।
सोही अवसरमा कार्यक्रमका विशिष्ट अतिथि नेपाली काँगे्रस गुल्मीका सचिव विष्णुकुमारी सापकोटाले शैक्षिक तथा धार्मिक महोत्सव लगाएर विद्यालयले समय सान्दर्भिक प्राविधिक कृषि शिक्षा सञ्चालनार्थको उद्देश्य अतिउत्तम भएको भन्दै अव हाम्रा धर्म संस्कृति र रितिरिवाजहरुको संरक्षणमा सबैले ध्यान दिनु पर्ने बताइन ।
अवसरमा विद्यालयको लागि २ लाख,१हजार आर्थिक सहयोग गरेका मुसिकोट २ कुखुरापोले निवासी शिक्षाप्रेमी बल बहादुर कार्की यस्तै १लाख,११हजार,१सय,११रुपैया सहयोग गर्ने सोही वडा पात्लाकोट निवासी समाजसेवी तुलकुमारी खनाल, र ५० हजार,५सय रुपैया आर्थिक सहयोग गर्ने सोही स्थानका पदम बहादुर खत्री लगायत आर्थिक सहयोग गर्ने बरिष्ठ चन्दादाताहरु लगायतका सपरिवारलाई बाजागाजा दोसल्ला सहित र सम्मान पत्रले सम्मान गरिएको थियो ।
यस्तै विद्यालयको लागि ५ हजार भन्दा बढि आर्थिक सहयोग गर्ने चन्दादाताहरुलाई पनि सम्मान पत्रले सम्मान गरिएको थियो ।