जिन्दगी आफै आफैमा अभिसाप छ।
मिलाउन खै अझै कतिकति हिसाब छ।।
नबुझेको कि बुझाउन नसकेको कुन्नि,
जिन्दगी पल्टाएरै नसकिने किताब छ।।
यता टाल्यो उता चुहिन्छ,टाल्नु कति,
चुहिएरै सकिएको जिन्दगी खात २ छ।।
विश्राम लिन नि चाहेर नमिल्ने कस्तो,
न त भाग्य न दैब नै आफ्नो साथ छ।।
***
सक्छौ भने बरु ती तिखा छुरा चलाईदिनु।
बिनासित्तै अरुका नहुदाँ कुरा नलाईदिनु।।
बचनका दर्द पिडा कस्ता हुन्छन् बुझ्छौभने,
आफै आगो लगाई उल्टै घिउ न थमाईदिनु।।
अरुको उन्नतिमा जलेर डाहा किन गर्नु छ र,
बरु हाँसेरै खुसी मनले राम्रै सँग बधाईदिनु।।
जिवनमा राम्रो गर्नु छुटदा पनि याद रहोस्,
आफू काडा मै हिडेपनी, फुल सजाईदिनु।।
राम प्रसाद शर्मा
बागलुङ, २०७५ माघ २४।