Sorry, that menu does not exist.
 

सार्वजनिक स्थलहरुमा धुम्रपान नियन्त्रण गर्न आवश्यक !

संगिता खड्का, बागलुङ, २०७३ चैत ५ । लहै लहैमा लागेर रमाइलोका लागि चुरोट सेवन गर्नेहरु विस्तारै दुव्र्यसनमा फस्ने गरेकाले सार्वजनिक स्थलमा ध्रुमपान रोक्न कडाइ गर्नु पर्ने कुरा चर्कोरुपमा उठाउन थालिएको छ । बागलुङमा शनिवार आयोजित एक कार्यक्रमका सहभागीहरुले यसै विषयको उठान गर्दै नियन्त्रणमा जोड दिएका थिए ।

शहर बजारदेखि गाउँघरसम्म चिया पसलदेखि रेष्टुरेण्टसम्म जहाँ तही चुरोट पाइने र जहाँ बसेर पनि चुरोट सेवन गर्ने भएकाले किशोर किशोरीहरु चुरोटको दलदलमा फस्दै गएको उनीहरुको भनाई छ । देखासिकीमा चुरोट सेवन गर्नेहरु विस्तारै दुव्र्यसनमा फस्दै गएको भन्दै उनीहरुले चुरोटको विक्री वितरण र सेवनलाई कडाई गर्न सुझाव दिएका छन् ।

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सञ्चालन गरेको दुव्र्यसन विरुद्ध आमाहरु अभियान अन्तरगत शनिवार बागलुङ नगरपालिका ६ (साविक वडा नंं ९) लहरेपीपलमा आयोजित कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा दुव्र्यसन सम्बन्धी सहजीकरण गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी सहायक निरीक्षक विदुर तिमिल्सिनाले समाज परिर्वतनको संवाहक युवा पुस्तालाई दुव्र्यसनबाट टाढा राख्नका लागि परिवारको सचेतना आवश्यक रहेको बताए । उनले परिवारसंगै समाज, विद्यालय र प्रहरी र नागरिक समाजको भूमिका समेत समन्वयकारी हुनु पर्नेमा उनको जोड थियो ।

आदर्श सञ्चार सहकारी र समग्र सहकारी अभियानको महत्वका बारेमा सहजीकरण गर्दै संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले युवा पुस्ता दुव्र्यसनमा अलमलियो भने देशको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा समेत प्रभाव पर्ने भएकाले सचेत हुनु पर्ने बताएका थिए ।

कार्यक्रममा बानपा वडा नं. ६ का सचिव रुद्रबहादुर केसी, लहरेपीपल माविका प्रधानाध्यापक कृष्णप्रसाद सुवेदी, लहरेपीपल स्वास्थ्य चौकीका प्रमुख इन्द्रबहादुर थापा, आदर्श सञ्चार सहकारीका शेयर सदस्यहरु मध्येबाट कुलबहादुर कार्की, विद्यालय व्यवस्थापन समितिका सदस्य मानबहादुर केसी, सामाजिक परिचालक पार्वती सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका सहसचिव ललिता थापाको अध्यक्षता, सम्पादक रामबहादुर जिसीको स्वागत तथा शिक्षा उपसमितिका सदस्य रेणु केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply