Sorry, that menu does not exist.
 

या देवी सर्वभूतेषु विद्यारुपेण संस्थिता…आज श्रीपन्चमी माता सरस्वतीको पूजनको दिन !

बागलुङ २०७५ माघ २७ । आज श्रीपन्चमी (बसन्त पन्चमी) विद्या (ज्ञान)की देवी सरस्वतीको पूजार्चना गरी मनाईदै छ । आजको पावन दिनलाई माता सरस्वतीको नाममा समर्पित गरिन्छ । सरस्वती देवीलाइ ज्ञान, कला र संगीतकी देवीको रुपमा लिईने हुनाले श्रीपन्चमीको दिन सरस्वती देवीको पूजा अराधना गर्नाले बुद्धि र ज्ञान बढ्छ भन्ने मान्यता रहिआएको छ ।

विहानै देखी ज्ञानकी देवी सरस्वती माताको मन्दिरहरुमा श्रद्धालुहरुको भीड लागेको छ । खासगरी बिद्यालयहरुमा माता सरस्वतीको विधिपूर्वक पूजन गरी विविध कार्यक्रमहरुका साथ सरस्वती पूजा गरी श्रीपन्चमी मनाईन्छ । आजकै पावन दिनमा आफ्ना शिशुहरुलाई विद्यालय पठाउनाले उनिहरुको ज्ञान प्रष्फुटन हुने विश्वास रहि आएको छ ।

आज विहानै देखी विभिन्न विद्यालयहरुका बिद्यार्थीहरु सरस्वती देवीको तस्वीर लिएर प्रभातफेरी गरिरहेका छन् । विद्यालयहरुमा आजको दिनलाई विशेष उल्लासपूर्ण तरिकाले मनाउने गरिन्छ ।

बसन्त पन्चमीलाई हरियाली पर्वको रुपमा पनि लिईन्छ । आजकै दिनदेखी बोट बिरुवाहरुमा नयाँ पालुवा पलाउने हुनाले यस दिन रुख, बालीनाली कुनै कुरा काट्न नहुने मान्यत छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply