Sorry, that menu does not exist.
 

जिल्ला प्रशासन कार्यालय बागलुङमा आज देखी टोकन प्रणाली सुरु !

दिनेश शर्मा, बागलुङ २०७५ माघ २८ । जिल्ला प्रशासन कार्यालय, बागलुङबाट सेवाग्राही मैत्री पूर्वाधार निर्माण र सन्चालन गर्ने कार्यक्रम अन्तरगतसार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो, निष्पक्ष र प्रभावकारीरुपमा सन्चालन गर्नको लागी अशक्त, अपांग, जेष्ठ नागरिक मैत्री लगायतको नागरिकता सहयता कक्षको प्रभावकारिताको बृद्धि गर्दै आज देखी टोकन प्रणाली सुरु गरिएको छ ।

गण्डकी प्रदेश सांसद ईन्द्रलाल सापकोटाले जिल्ला प्रशासन कार्यालय बागलृङमा आउने सेवाग्राहीलाई टोकन उपलव्ध गराएर आजै देखी टोकन प्रणालीको शुभारम्भ गर्दै जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहका सम्वन्धमा गरेका सुधारहरुको प्रशंसा गरे ।

प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले टोकन लिएर आउने पहिलो सेवाग्राहीलाई नागरिकता तथा राहदानी प्रदान गरी टोकन प्रणालीबाट सेवाको सुरुवात गरेका थिए ।
सो अवसरमा प्रजिअ खरेलले कार्यालयले सुधार गरेको कृयाकलापको नियमितताको रुपमा लिएको कुरा व्यक्त गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply