बागलुङ २०७५ माघ २९ । जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको नेतृत्वमा सुरक्षा समिति पदाधिकारीहरुको टोलीले मंगलबार बागलुङ कारागारको निरीक्षण अवलोकन गरेको छ ।
निरीक्षणका क्रममा टोलीले कारागारको सुरक्षा, आन्तरिक प्रशासन, व्यवस्थापन, आवासको अवस्था, खानपिन, कैदीबन्दीहरुको स्वास्थ्य, खानेपानी लगायतका समस्याहरुका बारेमा सज्ञान लिएको छ ।
निरीक्षण टोलीमा प्रहरी उपरीक्षक दीपक रेग्मी, नेपाली सेनाको अर्जुनवाण गणका सेनानी रुद्रदेव पाण्डे, राष्ट्रिय अनुसन्धानका प्रमुख निर्मल पौडेल, सशस्त्र प्रहरी गण पर्वतका प्रनाउ विकार अर्याल, समितिका सदस्य सचिव धिरेन्द्रराज पन्त लगायतको सहभागिता रहेको थियो ।
कारागार निरीक्षण पछी प्रजिअ खरेलले कारागारमा देखिएका समस्याहरुको निदानको लागी आवश्यक पहल गर्ने बताउदै क्षमता भन्दा बढी कैदीहरुलाई अन्यत्र स्थानान्तरण गर्न सम्वन्धित बिभागको ध्यानाकर्षण गराउने जानकारी दिए । निरीक्षणका क्रममा प्रजिअ खरेलले कारागारमा रहेका कैदीबन्दीहरुका समस्याहरुलाई लिएर छलफल भएको पनि बताए ।
कारागारमा शिपमुलक कार्यक्रमहरु सन्चालन गर्नुपर्ने आवश्यकता रहेको औँल्याउदै प्रजिअ खरेलले शीप सिकेपछी कैदी बन्दीहरुलाई समाजमा एकीकरण हुनका लागी सहज हुने बताए ।
कारागारमा कैदीबन्दीँहरुले मुढाहरु बुनिरहेको तर उचित बजार व्यवस्थापन हुन नसकेकोे गुनासो गरेका थिए ।
बागलुङ कारागारमा क्षमता भन्दा निकै नै बढी संख्यामा कैदी बन्दीहरु रहेकाले विभिन्न समस्याहरु झेल्न परेको कैदीबन्दीहरुको भनाई छ । अहिले कारागारमा १०१ जना कैदी बन्दीहरु छन भने १ जना नाबालक रहेका छन् । १०१ कैदी बन्दीहरुमा महिला कैदीबन्दीको संख्या १३ रहेको छ । २५ जना कैदीबन्दीको क्षमता रहेको कारागार भवनको छेउमा एक कोठा थपिएकोले केहि राहत भएको उनिहरुले बताए ।
स्थानाभावले कोचाकोच गरेर सुत्नु पर्दा अत्यन्तै सास्ती व्यहोर्नु परेको उनिहरुको भनाई छ ।
सम्वन्धित लिंकहरु
२५ जना क्षमताको बागलुङ कारागारमा ९३ जना कैदीबन्दी, खानेपानीको चरम अभाव, सुत्न बस्न समस्या !
साताको तस्वीर : बागलुङ कारागारमा मुढाको चाङ ।